स्त्रीहरु सधै जसो भगवानको पुजाआराधना किन गर्ने गर्छन ? यस्तो छ भित्रि रहस्य

प्रकाशित मिति:

धार्मिक ग्रन्थमा देवताहरुको अनेक रुप रहेको छ । प्रेम लिला रचाउने भगवान कृष्ण हुन भने अर्को तर्फ मर्यादा पुरुष राम हुन् ।भगवान कृष्णको आकर्षण महिलाहरुको बिचमा बाँडिएको छ । तर संस्कारी राम आफ्नो पति भन्दा कर्तव्यलाई बढी प्राथमिकता दिन्छन् ।यद्यपी एक शिव भगवान जसले गुहस्थीमा केही रुचि नराखेपनि सतिसँगको वियोगले ताण्डव गरे । शिवले आफ्नो सम्पूर्ण प्रेम पार्वतीकै लागि सर्मपित गरे ।बाघको छाला, जंगली फुलले सजिएर ध्यान मग्न भाङ पिउने शिवको लागि युवतीहरु अझै पनि व्रत बस्ने गर्छन् । सतिलाई गुमाएपछि पागल बनेर सृष्टिको बिनाश गर्न शिव निस्केका थिए । शिवको प्रेम माता पार्वतीको लागि अद्भूत थियो । शिवले पार्वतीलाई सधै आफ्नो साथमा राख्छन् ।

भगवान शिव स्त्रीत्वलाई छुन समेत डराउँदैनन् उनी अर्धनारीश्वरको रुपमा आधा पार्वती र आधा भाग उनको रहन्छ । पौराणिक कथा अनुसार शिव र पार्वतीको सम्बन्ध बराबरी रहन्छ ।जब समुन्द्र मन्थनको बेला शिवले विष खाएका थिए त्यो विष माता पार्वतीको घाँटीमा रोकिन्छ । त्यसपश्चात शिवलाई निलकण्ठको उपाधी मिल्छ । भगवान शिव जस्तै पति पाउ भनेर अझै पनि महिलाहरु शिवकै ध्यान गर्छन् ।शिवले पार्वतीलाई निकै सम्मानको साथ माया गर्थे । पुराणमा बताइएअनुसार शिव र पार्वतीको बीच पति र पत्नीको निकै गहिरा सम्बन्ध, प्रेमपुर्ण गरिमामय थियो । माता पार्वतीले भगवान शिवको धेरै पटक विरोध गरिन् । तर शिवले पार्वतीको विचारलाई सधै सम्मान गर्थे । उनीहरु दुवै एकअर्कालाई धेरै प्रेम गर्थे ।

दुवैको लागि उत्तिकै सम्मान थियो । भगवान शिव माता पार्वतीको सधै प्रशंसा गर्छन् । भगवान शिव महाकालिको चरणमा रहेरपनि मुस्काइरहेका हुन्छन् ।यद्यपी शिवलाई क्रोध र उग्रताको प्रतिक मानिएपनि उदार रुपमा देखिन्छन् । एक पटक काली माता निकै डरलाग्दो भएर निस्किएकी थिइन् ।कोही देव , राक्षस र मानवले उस्लाई रोक्न नसकेपछि सबैले भगवान शिवलाई कालीलाई रोक्न आग्रह गरे । तब शिवले कालीलाई रोक्न बाटोमा सुते । उनलाई रोक्न खोजे । तर महाकालीले त्यसलाई ध्यान नदिई शिवको छातिमा कुल्चिइन् ।कालीले जब शिवको छातीम खुट्टा राखिन् तब उनी शान्त भइन् ।शिव पार्वतीको पति मात्र थिएनन् उनी एक अशल गुरु र सबैको मित्र थिए । उनको रुप रंग देखेर उनलाई कसैलेपनि छोरी दिन चाहदैनथे ।तर भगवान शिवको विषेशता नै यहि थियो की उनी बाहिर जस्तो देखिन्छन् भित्र त्यो भन्दा अलग छन् । निकै बुद्धिमानी, निश्चल, शान्त देवको रुपमा शिवलाई लिइन्छ । त्यसकारण अझैपनि युवतीहरुले भगवान शिव जस्तै पतिको चाह राखेर व्रत गर्ने गर्छन् ।