धन्चौरमा पहिलो पटक बस पुग्यो

प्रकाशित मिति:

अर्घाखाँची बैसाख ४ /

जिल्लाको दक्षिण पश्चिम क्षेत्रमा रहेको भुमिकास्थान १०, धन्चौरमा पहिलो पटक बस सेवा संचालनका आएको छ । सडक संजालले छोएको साढे दुई दशक पछि गच्छे धन्चौर भालुबाङ्ग सडकमा बस संचालनमा आएको हो । बस सेवा संचालनको संघिय संसदमा सदस्य तथा पुर्व उप प्रधानमन्त्री टोप बहादुर रायमाझीलले मंगलबार उद्घाटन गरे ।

धन्चौर को देउरालीमा बस पुग्दा स्थानीय बासी, जनप्रतिनिधी तथा स्थानीय अगुवाहरुले बस चालकलाई पैसाको माला र अबिर लगाएर स्वागत गरेका थिए । बिगत १२ बर्ष देखी नियमित जिप मार्फत यातयातको सेवा लिइरहेको भए पनि ठुलो गाडीको अभावमा बिभिन्न समयका कठिन यात्रा गर्न बाध्य भएका स्थानीयले बस सेवा संचालनमा आए पश्चात सुबिधा हुने आशा गरेका छन् । नियमित बस संचालनमा आए उक्त सडकमा पर्ने ढिकुरा, डेभा लगायतका क्षेत्रका बासिन्दाले पनि लाभ लिनेछन् ।