नेविसंघद्वारा मन्त्रीको कुर्सी सिंहदरबारको मुख्य गेटमै जलाउेने प्रयास

प्रकाशित मिति:

पोखरा-पोखरा विश्विद्यालयमा भएको अनियमित भर्ना र विद्यार्थीमा परेको असरलाई लिएर नेपाल विद्यार्थि संघ नेविसंघ ले सिंहदरबारको गेटैमा प्रदर्शन गरेको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापन पत्र बुझाउने समय नपाएपछि विद्यार्थीहरुले सिंहदरबार अगाडिको सडकमै कुर्सीसहित नेविसंघको टोली प्रदर्शनमा उत्रिएको हो ।

कुर्सीमाथि शिक्षामन्त्री गिरिराजमणि पोखरेलको फोटो थियो । उनीहरुले कुर्सी र फोटो जलाउन डिजेल छर्कदै थिए, त्यतिकैमा प्रहरीले हस्तक्षेप गरेर कुर्सी नियन्त्रणमा लियो । दुईजना विद्यार्थी नेता सिजन भट्ट र सरोज थापा पक्राउ परे, अरु पाँच ६ जना विद्यार्थी फुत्किन सफल भए ।नेविसंघका विद्यार्थी नेता, पोखरा विश्वविदालय संयोजन समितिका अध्यक्ष नवराज त्रिपाठीले त्रिभूवन विश्वविद्यालयले तोकेको ११ र १२ कक्षामा सि ग्रेड ल्याउने विद्यार्थीलाई भर्ना नलिने मापदण्ड विपरित पोखरा विश्वविद्यालयले भर्ना लिएर परीक्षामा सहभागी नगराएको बताए । यसरी नियमविपरित भर्ना लिने क्याम्पसको सम्बन्धन खारेजी र कडाभन्दा कडा कारवाहीको माग गर्दै आन्दोलन सुरु गरेको बताए । उनले यो आन्दोलन निरन्तर जारी राख्ने बताए ।