जनता ओली सरकारबाट मुक्ति चाहन्छन् देउवा

प्रकाशित मिति:

टीकापुर-नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनताले ओली नेतृत्वको वर्तमान सरकारबाट मुक्ति चाहेको बताएका छन्। कांग्रेस कैलाली क्षेत्र नं। १ ले टीकापुरमा निर्माण गरेको विपी स्मृति भवनको मंगलबार उद्घाटन गर्दै देउवाले ओली नेतृत्वको वर्तमान सरकारले जनतालाई आजित पारेको आरोप लगाए।

उनले विगतका सरकारले गरेका कामलाई समेत आफै गरेको भन्दै वर्तमान सरकारले जनतालाई ढाँट्ने गरेको बताए। उनले वर्तमान सरकारले जनअपेक्षाअनुसार एउटा पनि राम्रो काम गर्न नसकेको बताए। ‘यो सरकारले एउटा राम्रो काम गरेको छैन,’ उनले भने, ‘केवल हत्या, हिंसा र बलात्कारमा संलग्नलाई संरक्षण गरेको छ।’उनले वर्तमान सरकारका गतिविधि प्रेस र वाक् स्वतन्त्रता विरुद्ध भएको बताउँदै सरकार हस्तक्षेपकारी ढंगले अघि बढेको बताए। उनले वर्तमान सरकार जनताका हकअधिकार हनन् हुने गरी अघि बढेको बताउँदै सरकार जनताका इच्छाविपरीत चलेको बताए।

उनले जलविद्युत्को सदुपयोग हुन सके सुदूरपश्चिम प्रदेश अरु प्रदेश भन्दा समृद्ध प्रदेश हुने बताए। उनले सुदूरपश्चिममा देशकै कायापलट गर्न सक्ने जलविद्युत्को संभावना रहेको बताए।उनले जनताको लगानीमा जलविद्युत् आयोजना निर्माण हुनुपर्ने बताउँदै पश्चिम सेती सुदूरपश्चिमका जनताले निर्माण गर्न चाहेको बताए। ‘हामी आफंै विद्युत् उत्पादन गर्न सक्छौ,ं’ उनले भने, ‘सरकारले वातावरण बनायो भने सुदूरपश्चिमेली पश्चिम सेती बनाउन सक्छन्।’
सो अवसरमा कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले तिनै तहका सरकारले डल्लो बजेटका नाममा आर्थिक अनियमितता गरेको आरो लगाए। उनले डल्लो बजेटको प्रावधान ल्याएर वर्तमान सरकारले भ्रष्टाचार गरेको समेत उल्लेख गरे।