एक दिवसीय क्रिकेटको डेब्यू खेलमा नेपाल पराजित

प्रकाशित मिति:

काठमाडौं/ एकदिवशीय अन्तर्राष्ट्रिय(ओडिआई क्रिकेटमा नेपाल नेपाल,नेदरल्यान्ड्ससँग ५६ रनले पराजित भयो । १९० रनको लक्ष्य पाएको नेपालले ४१ ओभर ५ बलमा सबै विकेट गुमाएर १३४ रन बनायो।

कप्तान पारस खड्का १२,ज्ञानेन्द्र मल्ल ५१, अनिल शाह २१ र दीपेन्द्रसिंह एेरीले ३३ रन बनाए। आरिफ शेख , सोमपाल कामी, बसन्त रेग्मी र करन केसीले खाता खोल्न सकेनन्। शुन्यमा आउट भए।सोमपाल कामीले खाता खोल्न सकेनन्।

८५ रन जोड्दा एक विकेट गुमाएको नेपालले दुई रनको अन्तरमा थप तीन विकेट गुमाएको थियो। दोस्रो विकेटका रुपमा पारस खड्का आउट भएसँगै नेपाल दबाबमा परेको थियो।

त्यसपछि नेपाल कुनै समय ६ विकेटको क्षतीमा एक सय २२ रनको स्थितीमा थियो। सातौं विकेटका रुपमा दीपेन्द्रसिंह एेरी आउट भएसँगै नेपाल थप संकटमा परेको थियो। नेदरल्यान्ड्सका बलर पिटर सिलार,माइकल रिप्पोन र फ्रेड क्लासेनले तीन तीन विकेट हात पारे। नेपालले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेको थियो। दुई खेलको शृंखलाको दोस्रो तथा अन्तिम खेल शुक्रबार हुने छ।

यसअघि घरेलु टोली नेदरल्यान्ड्स नेपालको कसिलो बलिङसामु खुलेर खेल्न सकेन। टस जितेको नेदरल्यान्ड्सले पहिला ब्याटिङ गर्दै ४७ ओभर चार बलमा सबै विकेट गुमाएर १८९ रनमा सिमित भयो।

नेपालका बलर पारस खड्काले चार र सोमपाल कामीले तीन विकेट लिए। करन केसी, सन्दीप लामिछाने र बसन्त रेग्मीले एक एक विकेट हात पारे। नेदरल्यान्ड्सका लागि माइकल रिप्पोनले सर्वाधिक ५१ रन जोडे।

नेदरल्यान्ड्सले पाँच रन जोड्दा पहिलो विकेट गुमाएको थियो।

तेस्रो ओभरको तेस्रो बलमा सोमपाल कामीले ड्यानियल डर ब्राकलाई एक रनमा आउट गरे। ब्राक बोल्ड भएका थिए। नेदरल्यान्ड्सले दोस्रो विकेटका लागि ४५ र पाँचौं विकेटका लागि ६८ रनको साझेदारी गरेको थियो।