नरपानीको गंगा सरोबरमा अब डुङ्गा सरर….

प्रकाशित मिति:

अर्घाखाँची / सन्धिखर्क नगरपालिका अर्घाखाँची को लगानीमा सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ स्थित पर्यटकीय स्थल नरपानीको गंगा सरोवरमा अब डुङ्गा संचालनमा ल्याइने भएको छ ।नगरपालिका ले आर्थिक बर्षमा बिनियोजन गरेको बजेट बाट बाहिर बाट आउने पर्यटक हरु लाई आकर्षित गर्नका लागि डुङगा सुरुवात गर्न लागिएको नगरप्रमुख कमल प्रसाद भुसालले जानकारी दिए । ।नगरप्रमुख कमल प्रसाद भुसाल र उपप्रमुख ठाकुर कुमार बिकले जनतासँग चुनावमा गरेको प्रतिबद्धता अनुसार डुङ्गा सन्चालन गर्न लागिएको नगरउपप्रमुख ठाकुर कुमार बि.कले बताउनु भयो । अहिले नरपानिको गगा सरोबरमा डुङ्गा संचालनमा मा ल्याएपछि स्थानीय नरपानीबासि हर्षित भएका छन् ।अब सुपादेउराली आउने भक्तजनहरुले नरपानीमा डुङ्गा चढेर भरपुर मनोरञ्जन लिने अपेक्षा गरिएको र बजेट बिनियोजन गरि काम सुरु गरिएको नगरप्रमुख भुसाल बताए ।

(पत्रकार सुर्य प्रसाद भुसालको सहयोगका)