बिकाशमा सबैको सहयोग र सहकार्य जरुरी : बि.क

प्रकाशित मिति:

बैसाख ४ ,रुपन्देही
लामो त्याग र बलिदानीबाट प्राप्त उपलव्धीको रक्षा गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको प्रतिनिधि सभा सदस्य माननीय छविलाल विश्वकर्माले वताएकाछन्। देवदह नगरपालिका वडा नम्वर -९ को वडा कार्यालय भवनको सिलान्यास गर्दै पुर्व मन्त्री विश्वकर्माले अहिले सम्म सरकारले थिती, विधि र योजना निर्माणको तयारी गरेकाले अबको दिन बाट देखिने गरि काम हुने वताए ।

देवदह क्षेत्रको मुख्य समस्या अव्यवस्थित वसोवास भएकोले सरकारले त्यसको व्यवस्थापनका लागि ऐन कानुन निर्माणको कार्य अघि वढाउनु पर्नेमा जोड दिए। विगतका दिनमा विभागिय मन्त्रालयबाट काम थाले पनि आवश्यक नियम कानुनको अभावमा काम रोक्ने प्रयास भएकोले अबको दिनमा त्यस्तो अवस्था सृजना नहुने गरि काम अघि वढेको विश्वकर्माले बताए । जनतासँग सरोकार राख्ने विषयमा पक्ष र विपक्षको अवस्था सृजना हुनु नहुने वताउँदै उनले सवै पक्षको साथ, सहयोग र सहभागिताबाट मात्रै देश निर्माणको कार्य सप्पन्न हुने बताए। अबको दिन आन्दोलन र संघर्ष गर्ने दिन नभएकोले सबै मिलेर निर्माणको वाटोमा लाग्न उनले सवैलाई आग्रह गरे । देवदह नगरपालिका वडा नम्वर ९ का अध्यक्ष केशव भट्टराईको अध्यक्षता र वडा सचिव हेमलाल वस्यालको संचालनमा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) देवदहका अध्यक्ष प्रकाश अर्याल, देवदह नगरपालिकाका निमित्त प्रमुख प्रशाकिय अधिकृत टिकाराम शर्मा, वोर्ड सदस्य लक्ष्मी विक लगायतले धारणा राखेका थिए।