रेस्क्यु युथ क्ल्वको प्रथम बार्षिक उत्सवका अवसरमा खुल्ला भलिबल तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न

४ बैशाख २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
63 Shares


कौरव खत्री – गुल्मी ४ बैशाख । रेस्क्यु युथ क्ल्व मुसिकोट नगरपालिका २ भर्जुवा गुल्मीका प्रथम बार्षिक उत्सवका अवसरमा आयोजना खुल्ला भलिवल तथा विविध साँस्कृतिक कार्यक्रम सम्मपन्न भएको छ । नया बर्षको अवरवर पारेर बैशाख १ देखि शुरु गरिएको खुल्ला पुरुष भलिबल तथा साँस्कृतिक कार्यक्रम मंगलवार सम्पन्न भएको हो सम्पन्न भलिवल प्रतियोगितामा नवदिप युवा क्ल्व गलकोट बाग्लुङ्गले नगद,मेडल र प्रमाण पत्र सहित प्रथम पुरस्कार हात पारेको छ भने सचिन किराना पसल वामी गुल्मीले नगद,मेडल र प्रमाण पत्र सहित द्धितीय पुरस्कार हात पारेको छ ।

यस्तै खुल्ला रेकर्ड डान्स प्रतियोगितामा अनुरोध प्रगतिशिल युवा क्ल्व मुसिकोट नगरपालिका १ गुल्मी प्रथम,आयोजक रेस्क्यु युथ क्ल्व मुनपाका २ भर्जुवा द्धितीय,मुनपा १ का प्रतिक्षा विसी तृतीय र मुसिकोट नगरपालिका २ भर्जुवाका सविता नेपाली सान्त्वना भएकी छन । रेकर्ड डान्स प्रतियोगिता विजेताहरुलाई नगद र सम्मान पत्रले सम्मान गरिएको थियो । साथै सोही अवसरमा लुठोतान प्रतियोगितामा मुसिकोट नगरपालिका २ गुल्मीका गोविन्द्र नेपालीको समूह प्रथम र बाग्लुङ्ग गलकोटका सुजन नेपालीको समूह द्धितीय भएको छन् । विजेता समूहलाई पुरस्कारले सम्मान गरिएको थियो । कार्यक्रममा त्रिभुवन नमूना माध्यमिक विद्यालय बडिगाड गाउपालिका २ खर्वाङ्ग बाग्लुङ्गका शिक्षक बुद्धिवल चालिसेले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालय मुनपा २ का निमित्त प्रधानाध्यापक सुरेन्द्र नेपाली, पत्रकार कौरव खत्री, रुद्रावति प्राथमिक विद्यालयका शिक्षक प्रकाश नेपाली लगायतको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रम मुनपा २ का वडा सदस्य शान्ती नेपालीको प्रमुख आतिथ्यता रेस्क्यु युथ क्ल्व मुसिकोट नगरपालिका २ भर्जुवा गुल्मीका अध्यक्ष विजय रानाको अध्यक्षता तथा क्लवका सचिव अनिश नेपालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया