भिरकोटमा बादर आतंक,स्थानिय भन्छन बादरले खान पनि दिएन

प्रकाशित मिति:

वालिङ -बादर आतंकले खाद्यान्न बाली सखाप पारेको भन्दै स्थानीयले गुनासो गरेका छन् । मुलुकका विभिन्न जिल्लामा बाँदर आतंकले अन्नबाली सखाप पारेको भन्ने समाचार आईरहेका बेला स्याङ्जामा पनि यस्तो गुनासो आएको हो ।

भीरकोट नगरपालिकाले प्रदान गर्ने सेवा सुविधा र प्रभावकारीता विषयक सार्वजानिक सुनुवाईमा सहभागिहरुले बाँच्नका लागी खानुपर्ने तर खानका लागी लगाईएको अन्न तथा तरकारी नष्ट गरिदिएको भन्दै यसको समाधानका लागी अनुरोध गरेका हुन् ।त्यस्तै प्रविधिको पहुँचमा सबै निकायलाई ल्याउने प्रयास गरिएको अवस्थामा नेट शुल्क महंगो भएको समेत शिक्षकहरुको गुनासो छ । त्यस्तै भीरकोट ५ का पोतप्रसाद तिवारीले कच्ची र पक्की घरको अवस्था हरेर कर निर्धारण गर्न आग्रह गर्नुभयो । पक्की घर र ढुङ्गा माटोले बनेका कच्ची घरमा कर शुल्क एकै हुन नहुनेमा उहाँको जोड थियो । त्यस्तै भीरकोट ६ का जयप्रसाद तिवारी भन्नुहुन्छ, “ढाडै सेक्यो बाबा, १५ रुपैँयामा हुने सिफारिस दस्तुर ३ सय पुग्यो, ३० रुपैँयामा हुने तिरो १५ सय पुग्यो अव एकिकृत सम्पत्ती कर आउँदैछ रे यसले के गर्ने हो ।” त्यस्तै गोविन्द तिवारी भन्नुहुन्छ, “जथाभावी खनिएको कच्ची सडकले खेति योग्य जमिनलाई असर ग¥यो ।” स्थानीयहरु पैदल हिड्दा गोरेटो बाटो नै प्रयोग गर्ने भएकाले गोरेटो बाटोको स्तरोन्नति गर्न समेत उहाँको सुझाव थियो ।

कार्यक्रममा सहभागिहरुले कृषिमा आधुनिकिरण भनिरहँदा वास्तविक किसानकोमा उचित अनुदान नपुगेको गुनासो गरे । साथै बैकिङ प्रणालीमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदा झण्झटिलो भएको बताए । २ हजार सामाजिक सुरक्षा भत्ता लिन जाँदा दिनभरी लाईनमा बस्दा ५ हजारको औषधी खानुपर्ने अवस्था रहेको समेत बताए । असल शासन बागेश्वरी क्लब बास स्याङ्जा साखाको सहजीकरणमा भीरकोट ६ बालोदय माविको प्राङगणमा नगरपालिकाको आर्थिक वर्ष २०७५÷७६ को पहिलो र दास्रो चौमासिक गतिविधिका बारेमा सार्वजानिक सुनुवाई गरिएको हो । कार्यक्रममा नगरप्रमुख छायाराम खनालले पालिकामा रहेको बाँदर समस्याको समाधानका लागी भारतबाट एक टोली आउँदै गरेको भन्दै बाँदर नियन्त्रणका लागी पहल भईरहेको बताउनुभयो ।नगरपालिकाले आफ्ना गतिविधि सार्वजानिक गर्न र स्थानीयको गुनासो सुन्नका लागी प्रत्येक चौमासिकमा फरक फरक स्थानमा सार्वजानिक सुनुवाई गरिएको भन्दै प्रमुख खनालले भन्नुभयो, “हामी बजार केन्द्रित मात्रै नभई ग्रामिण क्षेत्रमा समेत यस्ता कार्यक्रम गर्नेछौँ र स्थानीयसंग नजिक भएर उहाँहरुका समस्या सम्बोधन गर्नेछौँ ।” साथै उहाँले नगरको विकास र समृद्धिका लागी स्थानीय तथा सम्बन्धीत सरोकारवाला सबैको सहयोग आवश्यक रहने भन्दै विकासे एजेण्डामा एक जुट हुन आग्रह गर्नुभयो । नगरपालिका भित्रका जग्गा बाँझो नराख्ने भन्दै प्रयोग गर्न सके आँफै प्रयोग गर्ने यदि नसके नगरपालिकाले परिचालन गरी उद्योग समेत स्थापना गरी युवालाई रोजगारको सृजना गर्ने योजना समेत प्रमुख खनालले सुनाउनुभयो ।कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुङ्गानाले नगरपालिकाद्वारा सम्पादित पहिलो र दोस्रो चौमासिकमा सम्पादित कार्य प्रगति विवरणका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा वडा नं। १ का अध्यक्ष एवं प्रवक्ता दिपेन्द्र केसीले युवाहरुलाई आफ्नौ गाउँठाउँमा स्थापित हुनका लागी विभिन्न योजनाका साथ नगरपालिका अगाडि बढेको बताउनुभयो ।कार्यक्रममा कागे्रसका गोविन्दकुमार कर्मचार्य, नेकपाका दुर्गादत्त भुसालले समेत आफ्ना भनाई राख्नुभएको थियो । त्यस्तै कार्यक्रममा वडा अध्यक्ष शेषकान्त खनाल, तथा अन्य वडाका वडा अध्यक्षहरु, साखा प्रमुखहरुले सहभागिका जिज्ञासाका बारेमा प्रष्ट्याउनुभएको थियो । वडा नं। ५ का वडा अध्यक्ष यामप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन बासका गण्डकी प्रदेशका संयोजक तथा अध्यक्ष एसिवसरण महतले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न पक्षका प्रतिवद्धता सहितका ७ बुँदे साझा सार्वजानिक सुनुवाई घोषणा पत्र समेत जारी गरिएको छ ।