स्याङ्जाको गडहरे गुफामा पत्रकार सम्मेलन सहित अध्ययन अवलोकन सम्पन्न

४ बैशाख २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
408 Shares


चुत्र महत,भीरकोट-भीरकोट नगरपालिका ९ कालिकाकोट स्थित गडहरे गुफामा पत्रकार सम्मेलन गर्दे गुफाका बारेमा अध्ययन अवलोकन गरिएको छ । भीरकोट नगरपालिकाले नयाँ बर्षको पहिलो दिन पारेर गुफामै पत्रकार सम्मेलन सहित अध्ययन अवलोकनको ब्यवस्था मिलाएको हो ।

कार्यक्रमको उद्धघाटन गर्दे गण्डकी प्रदेश सांसद मेखलाल श्रेष्ठले गुफाको संरक्षण र सम्बर्द्धन गर्दे पर्यटकीय गन्तब्यका लागि आवश्यक पूर्वाधार निर्माणमा सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा यसै बर्षदेखि सो स्थलको गुरुयोजना निर्माण गरी भूगर्बबिदसँगको समन्वय गर्दै सो स्थललाई नमूना पर्यटकीय स्थल निर्माण गर्न र सडक निर्माणमा सहयोग गर्ने सांसद श्रेष्ठले जोड दिनुभयो । ‘ओखतीपानी होमस्टे र गुफालाई जोड्दै पर्यटक भित्र्याउन स्थानीय तह र प्रदेश सरकारले हातेमालो गर्दे अघि बढ्ने हो ’ सांसद श्रेष्ठले भन्नुभयो ।

कार्यक्रममा प्रदेश सांसद भागवत प्रकाश मल्ल, युवा नेता बिष्णुप्रसाद पौडेल र गोबिन्द कर्माचार्य, भीरकोट नगरसभापति तोयनाथ अर्याल, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, नेकपाका नेता डोलराज ढुंगाना, नगर प्रवक्ता दिपेन्द्र केसी, वडा अध्यक्षहरु चन्द्रबहादुर बस्नेत, भीम गुरुङ लगायतले गडहरे गुफा प्रचार प्रसारको अभावमा ओझेल परेको बताउदै सो क्षेत्रलाई पर्यटकीय गन्तब्यसँगै जोडेर अघि बढाउनु पर्नेमा जोड दिनुभएको छ ।भीरकोट नगर प्रमुख छायाराम खनालले प्रकृतीको अनुपम वरदान भीरकोटले पाएको बताउदै गुफा परिसरमा पार्क निर्माण गरी, यातायात, बिजुली, पानी होटल तथा रेष्टुरेन्ट लगायत होमस्टेको प्रवर्द्धनको तयारीमा जुटेको जानकारी दिनुभयो । साथै उहाले भूगर्भवीद्सँग समन्वय गर्दै गडहरे गुफाको भौगोलिक अवस्थाका बारेमा बिस्तृत जानकारी लिने बताउनुभयो ।झण्डै २५ बर्षअघि पत्ता लागेको गुफाभित्र पानीका पोखरी, बिभिन्न आकृतीका बनौट, चमेरा लगायतको बासस्थान छ । गुफाभित्र कतै सागुरा गल्ली त कतै फराकिला बाटाहरु समेत रहेको भीरकोट नगर उपप्रमुख सीमा के।सी। कर्माचार्यले बताउनुभयो । झण्डै एक किलोमीटर लम्बाईको गुफा रहेको अनुमान गरिएको छ । भीरकोट नगरपालिकाले गुरुयोजना तयार गरी गुफा संरक्षणमा जुटेको छ । गुफा वरपरका क्षेत्रलाई तारबार गरिएको छ भने गुफाभित्र जानका लागि भर्यारङ्गको पनि ब्यवस्था गरिएको छ ।पत्रकार सम्मेलनको सहजीकरण पत्रकार एशिव शरण महतले गर्नुभएको थियो । बैशाख एक गतेका दिन पारेर नयाँ कार्यको थालनी गरेको भीरकोट नगरपालिकाले जनाएको छ । भीरकोट नगरपालिका बयरघारी बजारदेखि झण्डै ९ किलोमीटर कच्ची बाटोको यात्रापछि गुफामा पुग्न सकिन्छ । गुफामा जानका लागि मोटरबाटोको पहुँच पुगेको छ ।पहिलो दिनमा झण्डैं ५ सय जनाले गुफाको अवलोकन गरेका थिए भने गुफा भित्रै ५० जना पुगेको जनाईएको छ । पत्रकार सम्मेलनमा स्याङ्जा र कास्कीका पत्रकारको सहभागीता थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया