नवलपरासीमा वडा स्तरिय योग शिविर तथा जडीबुटी प्रचार प्रसार कार्यक्रम सुरु

प्रकाशित मिति:

नवलपरासी,पश्चिम नवलपरासीमा अवस्थित आयुर्वेद औषधालय केन्द्र सरावल २ अत्रहटीको आयोजना तथा सरावल गाउपालिका वडा नम्बर २ को वडा काार्यलयको सहयोगमा बुधबार देखी ५ दिने वडा स्तरिय योग शिविर तथा जडीबुटी प्रचार प्रसार कार्यक्रम सुरु भएको छ ।

सरावलवडा नम्बर२ का वडाध्यक्ष शम्भु चौधरीको अध्क्षता तथा सरावल गाउपालिका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले स्वस्थ रहन मावन जिवनको लागी योग धेरै नै उपयोगी रहेको हुदा योग गरौँ स्वस्थ रहाँै भन्ने मुल नारालाई योग शिविरमा उपस्थित भई सार्थक पार्न सबैमा आग्रह गर्नुभएको थियो । साथै अर्को प्रसंगमा बोल्दै उहाँले हाम्रा घर वरिपरि रहेका जडीबुटीको हामी आफै पहिचान गर्न नसकि जडीबुटीको दरुपयोग गरिरहेको अवस्था रहेको हुदा त्यस्ता जडीबुटीको पहिचान गर्न र प्रयोगमा ल्याउन यस कार्यक्रमले प्रभावकारी भुमिका खेल्ने जिकिरपनि गर्नुभएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सराव गाउपालिका वडा नम्बर २ का वडाध्यष भेष नारायण चौधरी, अतिथिहरु नेपाल आदीवासी जनजाति महासंघ पश्चिम नवलपरासीका अध्यक्ष देवराज चौधरी, मेलमिलापकर्ता चेतनारायन राय, हरियालीवन उपभोक्ता समहुका अध्यक्ष उदयराज चौधरी लागएत स्थानिय समाजसेवी, बुद्धिजिवी, जेष्ठ नागरिक, सञ्चारकर्मी लगाएतको उपस्थिती रहेको थियो । विहान साढे ५ बजेदेखी ७ बजेसम्म सञ्चालन भइरहेको योग विशिरको पहिलोदिन बुधबार सरावल वडा नम्बर १ र २ का १ सय ५० भन्दा बढीको उपस्थिती रहेको थियो भने सो शिविरमा योग कसरी गर्ने, आहार विहार, खानपान, लागएतका बारेमा योग गुरु विष्नु आचार्यले सिकाई राख्नुभएको छ ।