प्रमुख निर्वाचन आयुक्तमा थपलियाको नाम सर्वसम्मत अनुमोदन

प्रकाशित मिति:

काठमाडौं – प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरिएका दिनेश थपलियाको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएको छ । बुधबार उजुरीकर्ता र थपलियासँग छलफलपछि सुनुवाइ समितिले उनको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।

थपलियाविरुद्ध सुनुवाई समितिमा ६ वटा उजुरी परेको थियो । सुनुवाई समितिमा थपलियाले तीन महिनाभित्र उपचुनाव गर्ने प्रतिवद्धता जनाएका छन् ।बुधबार संसदीय सुनुवाई विशेष समितिमा उपस्थित थपलियाले आफू नियुक्त भए उपचुनाव प्राथमिकतामा पर्ने बताए । संघीय संसद, प्रदेशका साथै स्थानीय तहका रिक्त पदहरुमा समेत उपचुनाव हुन सकेको छैन ।थपलियाले स्थानीय तहसम्म निर्वाचन आयोगलाई पुर्‍याउने कार्ययोजना समेत पेश गरेका छन् ।बुधबारको सुनुवाइ समितिको बैठकले राष्ट्रिय समावेशी आयोगको सदस्यमा विष्णुमाया ओझाको नाम पनि सर्वसम्मत अनुमोदन गरेको छ ।