पोर्चुगलमा निधन भएका रेग्मीको एघारौं दिनमा रामघाटमा अन्त्येष्टि

प्रकाशित मिति:

स्याङ्जा : अध्ययनका क्रममा पोर्चुगल जानुभएका पुतलीबजार नगरपालिका ५ का बिदुर रेग्मीको कास्कीको सेतीनदी स्थित रामघाटमा अन्त्येष्टि गरिएको छ ।रेग्मीको निधनको एघारौं दिन मंगलबार साझ शव नेपाल ल्याएर हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिएको हो ।

रेग्मीको पार्थीव शरिरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले पार्र्टीको चार तारे झण्डा ओढाएर अन्तिम श्रद्धान्जली दिदै एक होनाहार, कर्मठ, कर्तब्यनिष्ठ युवालाई मुलुकले गुमाउनु पर्दाकोे पिडा ब्यक्त गर्नुभयो ।यसैगरी, केन्द्रीय सदस्य धनराज गुरुङ र प्रदिप पौडेल, संविधानसभा सदस्य राजु थापा, गण्डकी प्रदेशसदस्य भगवतप्रकाश मल्ल, नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति कुमार राना, कास्कीका सभापति कृष्ण केसी, स्याङ्जा जिल्ला समन्वय समिति प्रमुख सीता सुन्दास, पुतलीबजार नगर प्रमुख सीमा क्षेत्री, भीरकोट र वालिङ् नगरप्रमुख छायाराम खनाल र दिलिपप्रताप खाँण, कांग्रेस प्रवक्ता ईन्द्रबहादुर गोदार, नेपाल बिद्यार्थी संघका अध्यक्ष अजित क्षेत्री, लगायत हजारौं शुभचिन्तकहरुले अन्तिम श्रद्धान्जली दिनुभएको थियो ।

क्षेत्रीय सभापति तुलसीराम रेग्मीका एक मात्र छोरा हुनुहुन्छ । उहाका ३ दिदी बहिनी, आमा र हजुरआमा हुनुहुन्छ । रेग्मीको चैत २३ गते ह्दयघातबाट २८ वर्षको उमेरमा पोर्चुगलमा निधन भएको हो ।स्व। रेग्मी नेपाल विद्यार्थी संघको स्याङ्जा जिल्ला कार्यसमिति सदस्य, माध्यमिक विद्यालय बिद्यार्थी परिषदका अध्यक्ष र क्षेत्रीय प्रतिनिधी हुनुहुन्थ्यो । उहाँ सन् २०१६ मा अध्ययनका लागि पोर्चुगल जानुभएको थियो ।नयाँ बर्षको सुरुको महिना बैशाखमा घर आउने समयतालिका बनाएका रेग्मीको अचानक भएको निधनले आफन्तजन स्तब्ध र मर्माहत छन् । पुतलीबजार नगरपालिका ५ नयाँबजार स्थित रेग्मी निवासमा मंगलबारदेखि नै उहाँको काजकिरिया सुरु गरिएको छ ।