काग्रेस रुपन्देही क्षेत्र नम्वर २ को क्षेत्रीय सम्मेलन शनिवार हुने

प्रकाशित मिति:

रुपन्देही-नेपाली काग्रेस रुपन्देही क्षेत्र नम्वर २ को क्षेत्रीय सम्मेलन शनिवार हुने भएको छ । बुटवल स्थित एशियन पार्टी प्यालेसमा हुने सम्मेलनको उदघाटन काग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले गर्नु हुने भएको छ ।

उदघाटन कार्यक्रममा बरिष्ट नेता पौडेल सहित नेता तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण, पुर्व सहमहामन्त्री तथा केन्द्रिय सदस्य अर्जुन नरसिंह केसी, युवा नेता तथा केन्द्रिय सदस्य गगन थापा र केन्द्रिय सदस्य बन्द्रि पाण्डे लगायतका नेताहरु उपस्थित हुने क्षेत्रीय सभापति हरी लम्सालले जानकारी दिनुभयो ।क्षेत्रीय सम्मेलन बैशाख ७ गते शनिवार बिहान साढे १० बजेदेखि सुरु हुने छ । सम्मेलमा सभापतिको राजनीतिक प्रतिवेदन, सचिवको सांगठनिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेश भई छलफल हुनुका साथै काग्रेसले अव गर्ने कार्यक्रम र रणनीतिका सम्वन्धमा छलफल हुने छ ।सम्मेलनमा क्षेत्रीय समितिका पदाधिकारी सदस्य, क्षेत्रबाट जिल्लामा प्रतिनिधित्व गर्ने नेता, महासमिति सदस्य, महासमिति सदस्य, क्षेत्रीय प्रतिनिधि, शुभेच्छुक संघ संगठनका अध्यक्ष लगायतको सहभागिता रहने छ ।काग्रेस रुपन्देहीको जिल्ला सम्मेलन यही बैशाख १८ र १९ गते हुदै छ । जिल्ला सम्मेलन अघि नै सबै नगर गाउ तथा क्षेत्रका सम्मेलन हुदै छन ।