नवलपरासीको चौधरी ग्रुप अगाडि बम बिस्फोट

नवलपरासीको देवचुली २ मा रहेको उद्योग ग्राम क्षेत्रमा  बम विष्फोट भएको छ

प्रकाशित मिति:

नवलपरासी । नवलपरासीको देवचुली २ मा रहेको उद्योग ग्राम क्षेत्रमा  बम विष्फोट भएको छ। पूर्वी नवलपरासीको देवचुली नगरपालिका–२ मा रहेको उद्योगपति विनोद चौधरीको चौधरी उद्योग९सिजी गु्रप० सञ्चालनमा छ।  उद्योगको प्रमुख गेटको पूर्वतर्फ बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। स्थानीयहरुले शक्तिशाली आवाज आएकाले पेट्रोल बम विष्फोट भएको अनुमान गरेका छन्। नेत्र बिक्रम चन्द नेतृत्वको नेकपाले भोली बिहिवारका लागि आव्हान गरेको बन्दलाई प्रभावकारी बनाउन बम बिष्फोट गरीएको हुन सक्ने अनुमान गरीएको छ। प्रवेशद्धार नजिकै रहेको खोल्सामा भएको विष्फोटबाट कुनै मानविय क्षति नभएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए।