एकै पटक प्रहरीको जम्बो टोलीकै सरुवा

प्रकाशित मिति:

प्रहरी प्रधान कार्यालय नक्सालले एक साथ ठुलो संख्यामा प्रहरी उच्च अधिकारीको सरुवा गरेको छ।

प्रहरीले बुधबार एकसाथ ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) र ४८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको हो।प्रहरी महानिरीक्षकको बुधबार गरेको निर्णय बमोजिम साउन महिनादेखिको तलब, भत्तासमेत सरुवा भएको दरबन्दीबाट खान पाउने गरी प्रहरी नायब उपरीक्षक र उपरीक्षकको सरुवा गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।