नेपाल विद्यार्थी संघले छिटै नेतृत्व पाउछ : सभापती देउवा

प्रकाशित मिति:

टीकापुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिबेशनपछि पार्टीभित्रको गुट, उपगुट अन्त्य हुने दाबी गरेका छन्।कैलाीको टीकापुरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले महाधिवेशन नजिकिएकोले आफूविरूद्ध आलोचना भएको बताए। उनले सभापतिमा लड्ने छुट सबैलाई भएकोले कसैको बिरोध नगरी पार्टी संगठन बलियो बनाउनतिर लाग्न आग्रह गरे। नेपाल विद्यार्थी संघले छिटै नेतृत्व पाउने दाबी गर्दै सभापति देउवाले तरुण दललगायत भातृ संगठनलाई पनि चुस्त ढंगबाट अघि बढाइने बताए।