प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलिया अनुमोदित

प्रकाशित मिति:

काठमाडौँ – संसदीय सुनुवाई विशेष समितिले प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलियालाई अनुमोदन गरेको छ । बुधवार संसदीय विशेष समितिमा उपस्थित भएका थपलियाले आफू प्रमुख निर्वाचन आयुक्त भएदेखि ३ महिनाभित्र उपचुनाव गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सुनुवाई समितिको विश्वास र गरिमामाथि आँच नआउने गरी काम गर्ने थपलियाले बताएका छन् । बुधवारकै संसदीय सुनुवाई विशेष समितिले समावेशी आयोगको प्रमुखमा विष्णुमाया ओझालाई अनुमोदन गरेको छ ।