प्रदेश नम्बर ५ को प्रदेश सभाले हालसम्म ३० विधेयक पारित

प्रकाशित मिति:

बुटवल -प्रदेश नम्बर ५ को प्रदेश सभाले हालसम्म ३० विधेयक पारित गरेको छ । पारित भएका विधेयकमध्ये ४ विधेयक प्रथम अधिवेशनले, ११ विधेयक दोस्रो अधिवेशनले र १५ विधेयक तेस्रो अधिवेशनले पारित गरेको प्रदेश नम्बर ५ को प्रदेशसभा सचिवालले जनाएको छ ।

तेस्रो अधिवेसनले पारित गरेका १५ विधेयकमध्ये ७ विधेयक मात्रै प्रदेश प्रमुख उमाकान्त झाले प्रमाणित गर्नुभएको छ भने अन्य विधेयक प्रमाणित हुने क्रममा छन् । ‘विधेयक प्रमाणित भएपछि त्यसले कानूनी रुप लिन्छ । प्रमाणित भईसकेपछि सम्बन्धित मन्त्रालयमा पठाइनने प्रदेशसभाका सूचना अधिकारी मनोज पाण्डेले जानकारी दिनुभयो ।