संघीय समाजवादी फोरम नेपाल वैकल्पिक शक्तिको रुपमा स्थापित भइरहेको नेताहरुको भनाई

प्रकाशित मिति:

बुटवल -संघीय समाजवादी फोरम नेपाल वैकल्पिक शक्तिको रुपमा स्थापित भइरहेको नेताहरुले बताएका छन् । उनीहरुले पार्टी नयाँ विचार र सिद्धान्त बोकेर संसारभर चम्कदै गएको बताए । संघीय समाजवादी फोरम नेपाल सिद्धार्थनगर नगरपालिकाको प्रथम नगर अधिवेशनमा बोल्ने नेताहरुले अबको आन्दोलनको नेतृत्व फोरमले गर्ने बताए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा पूर्व वनमन्त्री मोहम्मद वकिल मुसलमानले पार्टीका नेता कार्यकर्ताहरु इमान्दारीपूर्वक संगठन निर्माणमा लाग्नुपर्ने बताए । उनले आगामी निर्वाचनमा फोरमले सिद्धार्थनगर नगरपालिका सहित रुपन्देहीका सबै स्थानीय तहमा जित्नुपर्ने बताए ।फोरम रुपन्देहीका अध्यक्ष राम अवतार यादवले व्यक्तिलाई भन्दा पनि पार्टीलाई स्थापित गरे व्यक्ति आफै स्थापित हुने बताए । उनले रुपन्देही फोरम मुलुकमै नमुना बन्ने विश्वास व्यक्त गरे ।

फोरम प्रदेश नम्बर ५ का सह–इञ्चार्ज नविन सुनुवारले पुराना शक्तिहरु पराजित हुँदै गएको बताए । उनले फोरममा देशैभरी प्रवेशको लहर चलेको बताए ।पार्टीका प्रदेश नम्बर ५ उपाध्यक्ष तथा प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले जनताको पक्षमा काम गर्न आह्वान गरे ।तराई थहरुट प्रदेश उपाध्यक्ष महेन्द्र यादवले स्थानीय तहको निर्वाचनमा फोरम रुपन्देहीको दोस्रो शक्तिको रुपमा उदाएको बताए ।यसै बीच संघीय समाजवादी फोरम नेपाल सिद्धार्थनगर नगरपालिकाको प्रथम नगर अधिवेशनले अर्जुन जैसवालको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । कार्यसमितिको उपाध्यक्षमा रुपा मल्ल, गोपाल खनाल, सचिवमा सियाराम यादव, कोषाध्यक्षमा सन्त कुर्मी र सह–सचिवमा उमेश अग्रहरी रहेका छन् ।