शिवलिंगमा चढाइने बेलपत्रः बहुउपयोगी ओखती

प्रकाशित मिति:

शिवलिंगमा बेलपत्र चढाइन्छ । हामीलाई यो कुरा थाहा छ र हामीले चढाउँदै आएका पनि छौं । तर, हामीले यसरी शिवलिंगमा चढाइरहेको बेलपत्रको महत्व के होला ? किन बेलपत्र चढाइएको होला ? यसतर्फ भने हामी घोत्लिदैनौं । जबकी कुनैपनि धर्म-संस्कारले यस्ता विधीहरुको व्यवस्था त्यसै गरेको होइन । यसले मानव जीवनमा केही न केही अर्थ र महत्व राख्छ । चाडपर्वमा खाइने खानेकुरा, गरिने विधी सबै कुरा हाम्रो जीवनसँग जोडिएको हुन्छ । जस्तो कि, शिवरात्रीमा बेलपत्र चढाइन्छ । वास्तवमा यो एक बहुउपयोगी बनस्पती हो । यसको आफ्नै विशिष्ठ औषधिय महत्व छ ।

घरेलु ओखती – पाकेको बेललाई मह र सख्खरसँग खाँदा शरीरको रगत सफा हुन्छ र रगत बढ्छ पनि । बेलको पत्ताको रस पुरै शरीरमा लगाउनुपर्छ र एक घन्टापछि नुहाउनुपर्छ । यसबाट तपाईंको शरीरको दुर्गन्ध हट्छ । भिटामिन सीको कमिले स्कर्वी रोग लाग्छ । बेल भिटामिन सीबाट भरपुर हुन्छ । त्यसैले यसको सेवन गरेर तपाईं स्कर्वी रोगबाट बच्न सक्नुहुन्छ । पाकेको बेलको गुदीलाई पानीमा उमाल्नुपर्छ । त्यसपछि पानीलाई चिसो बनाएर त्यसले कुल्ला गर्दा मुखभित्रको छाला ठिक हुन्छ । मुटुका रोगीहरुका लागि बेलपत्रको प्रयोग अत्यन्त असरदार हुन्छ । बेलपत्रको काढा दैनिक पिउनाले मुटु सँधै बलियो हुन्छ र हृदयघातको सम्भावना पनि कम हुन्छ  साससँग जोडिएका रोगहरुमा पनि बेलपत्रले अमृतको काम गर्छ । यसको पत्तालाई पीसेर रस बनाउनुपर्छ र नियमितरुपमा यसको सेवन गर्नुपर्छ, निकै लाभ मिल्नेछ । ज्वरो हुँदा बेलपत्रको काढा बनाएर पिउनाले ज्वरो ठिक हुन्छ ।

बेलपत्रको अनेक गुण शिवलिंगमा चढाइने बेलपत्रमा प्रोटीन, बीटा क्यारोटीन, थाइमिन, क्याल्सियम, आइरन, भिटामिन ए, भिटामिन बी र भिटामिन सीसँगै भरपुर मात्रामा जैविक तत्वहरु र एन्टीअक्सिडेन्ट्स पाइन्छ ।

अनुहार चम्काउन फुस्रो र रुखो छालामा चमक ल्याउन होस वा कपाललाई स्वस्थ र सुन्दर राख्न बेलपत्रले महत्वपूर्ण भूमिका खेल्छ । बेलको रसलाई मनतातो पानीमा मिलाउनुपर्छ । यसमा महको केही थोपा हाल्नुपर्छ । यसको घोल नियमितरुपमा सेवन गर्दा रगत सफा हुन्छ ।

सेतो दाग बेलपत्रको सहयोगले ठीक हुन सक्छ । बेलको गुदीमा सोरलिन नामको तत्व हुन्छ जसले छालाको घाम सहने क्षमतालाई बढाउँछ । यसका अलावा बेलपत्रमा क्यारोटिन पनि हुन्छ र यी दुवै तत्व मिलेर छालाको रंगलाई समान बनाइराख्न महत्वपूर्ण भूमिका खेल्छन् । बेलको दैनिक उपयोगले छालाको सेतो दागहरु सफा हुन्छन् । बेलपत्रको रससँग जीरा मिलाएर पिउनाले पित्तको साथसाथै छालामा हुने दाग धब्बा र चिलाएको निशानाहरु पनि ठिक हुन्छन् ।

कपालको सौन्दर्यका लागि पाकेको बेलको बोक्रालाई सफा गरेर त्यसमा तिलको तेल तथा कपुर मिलाउनुस र त्यसर्लाइ दैनिक कपालमा लगाउनुस । यसबाट कपालमा जुम्रा पर्दैन । कपाल झर्ने समस्या रोक्नका लागि बेलपत्रको सेवन सबैभन्दा उचित उपाय हो । दैनिक एक बेल पत्तालाई धोएर खानुपर्छ । एक हप्तामो फरकपन पाउन सकिन्छ ।