भजन-किर्तनमा किन बजाइन्छ ताली ? जान्नुहोस् !

प्रकाशित मिति:

ताली अर्थात स्यावासी । कसैप्रति कृतज्ञता जनाउन लागि देखाइने शारीरिक प्रतिक्रिया । कसैलाई हौसला दिनका लागि स्वतस्फूर्त प्रकट हुने प्रकृया । जब कसैले उन्नती गर्छ र त्यसले हामीलाई हर्षविभोर बनाउँछ, तब हाम्रा दुई हत्केला आपसमा स्वतस्फूर्त ठोकिन्छन् । लयवद्ध भएर । जब कसैले घतलाग्दो कुरा गर्छ, तब हामी ताली पड्काउँछौं । जब कसैलाई हौसला दिन चाहन्छौं, तब हामी ताली बजाउँछौं ।

ताली एक सकारात्मक सूचक हो, शरीरबाट प्रकट हुने । धुमधामसँग गीत गाइरहेको ठाउँमा हामी गीतको भाकासँग मिल्नेगरी ताली बजाउँछौं । कोही नाच्दैछन् भने हामी त्यसमा रौनक थप्न थाली बजाउँछौं । ताली, सामान्य लाग्छ तर यो निकै अर्थपूर्ण शारीरिक क्रिया हो ।

ताली किन बजाइन्छ ? यसबारे हामी अनभिज्ञ छैनौं । ताली बजाउनुको अर्थ केलाउन नसकेपनि यसबाट प्रकट हुने भावलाई हामीले अनुभूत गरेका छौं । ताली बजाइरहँदा पैदा हुने उमंगलाई पनि हामीले अनुभूत गरेका छौं । ताली बजाउनुको सम्बन्ध भावनात्मक उत्साह, उमंग र खुसीसँग मात्र छैन । यसले स्वास्थ्यमा पनि फाइदा गर्छ । किनभने हाम्रा दुबै हत्केला जब आपसमा ठोकिन्छन्, घर्षण हुन्छन्, त्यसले शारीरिक रुपमा पनि केही लाभ मिल्छ ।

भजन किर्तनमा ताली भजन किर्तनमा ताली बजाउनु हाम्रो धार्मिक संस्कार हो । जब हामी कुनै मन्दिरमा पुग्छौं वा हाम्रो घरमा पूजाआजा गर्छौं, तब भजन किर्तनमा हामी ताली बजाउँछौं । आखिर भजन किर्तनमा किन ताली बजाइन्छ ? यसको अर्थ वा महत्व के होला ? भजन किर्तनमा ताली बजाउनुको धार्मिक आस्थाको कुरा मात्र होइन, वैज्ञानिक महत्वको कुरा पनि हो ।

हाम्रो देशमा प्राचिनकालदेखि नै मठमन्दिर स्थापना गर्ने, देवी देउराली स्थापना गर्ने, भजन किर्तन गर्ने परम्परा चलिआएको छ । भजन किर्तनमा ताली बजाउँनुलाई शुभ सूचक मानिन्छ । ताली बजाइरहँदा हाम्रो मनको चिन्ता, तनाव, कुष्ठा हट्छ । हामीमा उमंग भाव पैदा हुन्छ । मन खुसी र उत्साहित हुन्छ । मन सकारात्मक हुन्छ । हताली बजाउनु एक सहज योग पनि हो । यदि हामी नियमित रुपले ताली बजाउँछौ भने हामीलाई हठयोगको आवश्यक नपर्ने बताइन्छ ।

के छ वैज्ञानिक महत्व ? चिकित्सकले भन्दै आएका छन् कि, हाम्रो हातमा एक्युप्रेशर प्वाइन्ट अत्याधिक हुन्छ । एक्युप्रेसर पद्धतीमा यिनै हत्केलामा दबाइएर कतिपय उपचार गरिन्छ । यस्ता उपचार निकै प्रभावकारी हुने र साइडइफेक्ट पनि नहुने बताइन्छ । एक्युप्रेशर उपचार विधी सदियौंदेखि प्रचलित एक प्रभावकारी उपचार विधी हो ।

जब हामी ताली बजाउँछौं, हत्केलाको एक्युप्रेशर प्वाइन्टमा राम्रो दबाव पछृ । यसले हृदयरोग, फोक्सोको रोग जस्ता अन्य थुप्रै रोगबाट मुक्त गराउँछ । ताली बजाउनु एक किसिमको व्यायाम ने हो । यसले रक्तसंचारमा हुने अवरोधलाई हटाउँछ र रगत शुद्धिकरण गर्छ । स्वास्थ्य र निरोगीका लागि ताली बजाउनु एकदमै फाइदाजनक काम हो । यसले मानसिक शान्ति, उर्जा मिल्छ । साथसाथै स्वास्थ्य लाभ पनि ।