बुटवल– वेलहिया सडक निमार्णको अन्तिम चरणमा

प्रकाशित मिति:

बुटवल– वेलहिया सडक निमार्णको अन्तिम चरणमा रहेको छ । केहि अंश वाहेक अधिकाश सडक निमार्ण भएको छ । यो सडक विस्तार गरि ६ ल्यानको निमार्ण गरिएको छ । जसका कारण हजारौ घर भत्काईएको छ भने धेरै संरचनाहरु स्थानान्तरण गरिएको छ ।

जसवाट सडक निकै आर्कषक र चिल्लो छ । सवारी चालकहरु फराकिलो सडकमा आनन्दका साथ सवारी साधन चलाउने भन्दै गाडि हुईकाउने गर्दछन् । यस्तो अवस्थामा त्यहि सडकमा छाडा पशु चौपायले भने अड्डा नै जमाएका छन् । जसवाट सो सडक खण्डमा यात्रा गर्नेहरु अंगभंगदेखि मृत्यु वरण समेत गर्न वाध्यछन् । यस विषयमा सचार माध्यमहरुमा समाचार आएपछि केहि चासो दिएजस्तो गरेपनि सरोकारवाला निकायको वेवास्था रहेको छ ।प्रत्येक दिन बढ्दै गएको गाई र साडेको संख्या देख्दा लाग्छ व्यवस्थापन तेती सजिलो छैन सरोकारवालको सक्रियता पनी देखीदैन । छाडा चौपायले सडकमा धरै दुर्घटना निम्त्याई रहेका छन् । तिव्र गतिमा सवारी हिड्ने राजमार्गमा चौपायले अखडा बनाउदा कैयौको यात्रा गन्तव्यमा नपुग्दै समाप्त भएको छ ।यसक कारण पनि सडकमा उनिहरुको संख्या बढ्दै गएको छ ।

बिषेश गरि रुपन्देहीको तिलोत्तमा नगरपालिका र बुटवल उपमहानगरपालिकामा छाडा चौपायको समस्या बढि छ । व्यवस्थापनको जिम्मा स्थानिय सरकारी निकायको भएको ट्राफिक प्रहरीले बताउदै आएको छ ।सडक दुर्घटना न्युनिकरण, शहरको सुन्दरता कायम तथा वालीनालीको रक्षाका लागि भन्दै तिलोत्तमा र देवदह नगरपालिकामा गौशाला बनेका छन् । जहां सयौंको संख्यामा पशु चौपायको व्यवस्थापन गरिएको छ । ति दुई वटा गौशालाले पनि सडकका पशुहरुको व्यवस्थापन गर्न सक्ने अवस्था भने देखिदैन ।तिलोत्तमा नगरपालिका ११ शान्ति नगर र देवदहको भलुहीमा छाडा पशु चौपायको व्यवस्थापनको लगि गौशाला निर्माण भएको हो । तिलोत्तमाको गौशाला निमार्णका लागि नेपाली कांग्रेसका नेता वालकृष्ण खांणको पहल रहेको थियो । नेता खांणले संसद विकास कोषको रकम वाट गौशाला निमार्ण गरेका थिए । जसमा स्थानिय तहको पनि सहयोग रहेको छ । केहि यस्ता पशुहरु व्यवस्थापनका लागि गौशालामा स्थान भएपनि त्यहा) सम्म आफुहरुले लैजान भनेन सक्ने गौशाला व्यवस्थापन समितिको भनाई छ । तिलोत्तमा गौशाला व्यवस्थापन समितिका अध्यक्ष क्या यमवहादुर खत्रीले गौशालाको क्षमता कम भएको बताउछन् । बुटवल का मुख्य सडकहरुमा बस्ने गाई गोरुहरु धपाउन ट्राफिक प्रहरीलाई हैरानी छ । सडकको ट्राफिक व्यवस्थापनको जिम्मेवारी भएकाले सडक व्यवस्थापनमा छाडा पशु चौपाय चुनौतीकै रुपमा रहेको प्रहरीको भनाई रहेको छ ।प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका डिएसपी माधव बुढाथोकी छाडा पशु चौपायका विषयमा धेरै पटक छलफल भएप्नि प्रभावकारी व्यवस्थापन हुन नसकेको बताउछन् ।