खेलकुदको क्षेत्रमा मुलुकले राम्रो काम गर्न नसकेको नेता घनश्याम भुसाल को भनाई

प्रकाशित मिति:

रुपन्देही -प्रतिनिधिसभा सदस्य घनश्याम भुसालले खेलकुदको क्षेत्रमा मुलुकले राम्रो काम गर्न नसकेको बताएका छन् । उनले खेलकुद क्षेत्रको विकासको लागि खेलाडीहरुले आफै गरेको बताए

“आठौं खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा” भन्ने मुल नाराका साथ राष्ट्रिय खेलकुद परिषदको आयोजनामा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रुपन्देहीको भैरहवामा बुधबार देखि सुरु भएको राष्ट्रिय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै भुसालले खेलाडीहरुले आवश्यक प्रोत्साहन र तालिम नपाएको र खेलकाप्रशिक्षकहरुलाई पनि राज्यले प्रोत्साहित गर्न नसकेको बताए ।रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उर्वरभुमिको रुपमा पहिचान बनाउन सफल भएको रुपन्देहीले इतिहास कायम गर्ने बताए । सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले खेलकुद क्षेत्रको विकासको लागि नगरपालिका हातेमालो गरेर अगाडी बढ्न तयार रहेको बताए ।