पत्रकार पक्राउको बिरोधमा अर्घाखाँचीमा धर्ना

५ बैशाख २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
30 Shares


बैशाख ५ अर्घाखाँची /
नेपाल पत्रकार महासंघ अर्घाखाँचीको आयोजना केन्द्रीय समितिको आह्वानमा जिल्ला प्रशासन कार्यालयमा आज १घण्टे धर्ना कार्यक्रम सम्पन्न भएको छ । देशमा विद्युतीय कारोबार एेनको दफा ४७ र ४८ अन्तरगत पत्रकारलाई पटक पटक पक्राउ गर्ने क्रम बढेकोले उक्त दफाको खारेजीको माग र पोखराका पत्रकार अर्जुन गिरि सहित पक्राउ परेका पत्रकारहरूको बिनासर्त रिहाईको माग गर्दै देशभरका प्रशासन कार्यालयमा धर्ना गरिएको र सोही कार्यक्रमको ऐक्यवद्धता स्वरुप धर्ना कार्यक्रम गरिएको हो ।
यो आन्दोलनको पहिलो चरण भएको र सरकारले यसबारे सुनुवाइ नगरे चरणबद्ध आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने
महासंघले जनाएको र ति सबै कार्यक्रममा जिल्ला महासंघको एेक्यवद्धता जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया