लुम्बिनी, स्वर्गद्वारी, गौमुखी र रेसुंगा जोडिँदै

प्रकाशित मिति:

प्यूठान- नेपालकै प्रमुख धार्मिक स्थलका रुपमा रहेका लुम्बिनी, स्वर्गद्वारी, गौमुखी र रेसुंगाको प्रवद्र्धन गर्न स्थानीय तहहरुले सहकार्य गर्ने भएका छन् । पत्रकार महासंघ प्युठान र गौमुखी गाउँपालिकाको सहकार्यमा सोमबार गौमुखी–२ अर्खाको ठूलाचौरमा आयोजना गरेको प्रदेश स्तरीय मिडिया सम्मेलनमा बोल्दै रेसुंगा नगरपालिकाकी उपप्रमुख सीता भण्डारीले नेपालमा रहेका धार्मिक पर्यटकीय स्थलहरुको सहकार्यले सबै धार्मिक सम्पदाको विकास हुने भएकाले सामुहिक प्रतिबद्धता आवश्यक भएको बताएकी छन् ।

लुम्बिनी, स्वर्गद्वारी, गौमुखी र रेसुंगाको संयुक्त रूपमा भौतिक आध्यात्मिक विकास गर्ने प्रतिबद्धता जनाउँदै गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरी, रेसुंगा नगरपालिका उपप्रमुख सीता भण्डारी, स्वर्गद्वारी नगरपालिका प्रमुख नेत्रबहादुर रोकाया र लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रेयले एक–अर्को केन्द्रलाई जोडदै सामूहिक विकास र प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका छन् ।

। लुम्बिनी, स्वर्गद्वारी, गौमुखी र रेसुंगा बलि नचढ्ने धार्मिक पर्यटकीय स्थल हुन् । गौतम बुद्धको जन्मस्थल लुम्बिनी, स्वामी शशीधरको तपोभूमि रेसुंगा, बालतपस्वी महाप्रभुको तपस्थल स्वर्गद्वारी तपोभूमिको प्रचारप्रचार गरी एक आपसमा एक–अर्कालाई जोड्न सके समग्र प्रदेश समृद्ध बनाउन सहज हुने गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले बताएका छन् ।