पाँचै न्यायाधिश अनुमोदित

प्रकाशित मिति:

काठमाण्डौ/  संसदीय सुनुवाइ समितिले न्यायपरिषद्ले सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस गरेका पाँचै जना न्यायाधीशलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।

न्यायाधीशमा सिफारिस प्रकाश ढुंगाना, सुष्मालता माथेमा, हरि फुयाँल, कुमार रेग्मी र मनोजकुमार शर्माको बिहीबार सुनुवाइ भएको थियो।

सुनुवाइ समितिले पाँचै जनाले सर्वसम्मत रूपमा अनुमोदन गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।