गरिमा बैंकले गुराँस लाइफको पोलिसी बिक्री गर्ने

५ बैशाख २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौँ -गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गरिमा विकास बैंक लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ ।

यो सम्झौतासँगै गरिमा विकास बैंक लिमिटेडको केन्द्रीय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरुमार्फत गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक नगदफिर्ता जीवन बीमा र एउटै योजनामा सावधिक, आजीवन र पेन्सन जीवनबीमा योजनासहित १२ वटा जीवनबीमा योजना बिक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटोछरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्यले दुई संस्थाकाबीच बैंकासुरेन्स सम्झौता भएको हो ।सम्झौतामा इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया