साभ नेपालको शिक्षक अभिमुखीकरण कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

बुटवल -वर्तमानमा समयको शिक्षा क्षेत्रका विकृतिहरु, झ्याङ्गिँदै गएका सामाजिक समस्याहरू, हाम्रो मौलिक संस्कृतिले भोग्नुपरेको अस्तित्वको संकट, प्रतिकूल बन्दै गएको पर्यावरण, हाम्रा नानीबाबुहरूले झेलिरहेको मनोवैज्ञानिक समस्या र अभिभावकको अपेक्षित भूमिका, बिग्रँदो युवापुस्ता आदि जल्दाबल्दा विषयहरूसँग सम्बद्ध श्रव्य–दृश्य सामग्रीहरूको उत्पादन र प्रशारणमार्फत् नेपाली समाजमा सामाजिक सचेतना अभिवृद्धि गरी स्वस्थ समाज निर्माणमा आफूसक्दो टेवा पुयाउने उद्देश्यले साभ नेपाल नामक संस्थाले काम गरिरहेको छ । यसै सिलसिलामा पोखरा ११ फूलबारीमा रहेको शिवशक्ति मा।वि। मा आज ‘‘विद्यालय रुपान्तरणमा प्रधानाध्यापक र शिक्षकको भूमिका’’ विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयका प्रधानाध्यापक शम्भु बास्तोला सहित २५ जना शिक्षक शिक्षिका सहभागी रहेको उक्त कार्यक्रममा प्रमुख प्रशिक्षक किशोरदत्त बरालले विद्यालय प्रधानाध्यापक र शिक्षकहरूको रुपान्तरण, जीवन उपयोगी अथवा सफलताको सीपको विकास, सकारात्मक सोच लगायत विषयमा प्रशिक्षण दिनुभएको थियो । त्यसैगरी साभ नेपालका अध्यक्ष तुलसी प्रवासले शिक्षक हुनुको गौरव विषयमा प्रशिक्षण दिनुभयो । यस संस्थाले शिक्षाक्षेत्रसँग सम्बन्धित समस्या, नेतृत्व क्षमताको विकास, शिक्षकहरूमा विषयगत शिक्षण सीपको विकास आदिका लागि सशक्त तालिम सामग्रीहरू पनि उत्पादन गरिरहेको र हाललाई आफ्नो सचेतनामूलक कामको थालनी नेतृत्व विकास, बालमनोवैज्ञानिक समस्या र अभिभावकहरूको अपेक्षित भूमिका लगायतका विषयमा देशका विभिन्न जिल्लामा तालिम तथा सेमिनारहरु मार्फत गर्दै आइरहेको छ ।