शल्यचिकित्सक सहितको निशुल्क वृहत स्वास्थ्य शिबिर रुपन्देहीको कोटहीमाई मा सुरु

प्रकाशित मिति:

रुपन्देही-शल्यचिकित्सक सहितको निशुल्क वृहत स्वास्थ्य शिबिर रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं ५मा सुरु भएको छ । प्रदेश नं ५ समाजीक बिकास मन्त्रालय तथा नेपालीको संयुक्त आयोजनामा बैसाख ४ देखी ८ गते सम्म शल्यचिकित्सक सहितको निशुल्क वृहत निशुल्क शिबिर संञ्चालन भएको हो ।

नेपाली सेना को मध्यपश्चिम पृतना बुटबल र समाजीक बिकास मन्त्रालयको संयुक्त रुपमा सुरु भएको उक्त शिबिरमा ओपीडि भिडीयो एक्सरे प्रयोगशाला तथा डेन्टल एक्सरे सहितको मोबाईल अस्पतालबाट बिरामीको उपचार गरिएको छ । नेपाली सेनाका समाुदायीक चिकित्सक डा बिकल श्रेष्ठका अनुसार कर्णल डा भरत भन्डारीको नेतृत्वमा बिभिन्न चिकित्सकहरुले सल्यकृर्यासहितको सेवा दिएका छन । जसमा डा रिडकु जोसी मेडिसिन,डा अनुप थापा सर्जरी डा रबि भन्डारी हाडजोर्नी डा कमला थापा आखा डा भोगेन्द्र शुवाल छाला डा सैलाजा खडका स्त्रीरोग डा श्रेया भट्राई नाककानघाटी,डा आस्मा राना डेन्टल,डा सुनिता पन्त यनेस्ेसिया डा सिताराम खडका फार्मसी सहित ४० जना प्यारामेडिक्स ल्याब सहितको टोलीले उपचार गरेको डा श्रेष्ठले बताए ।

उनीहरुले अप्रेशन देखी अन्य सेवाहरु प्रदान गरेको प्रदेश समाजीक बिकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकर प्रसाद चौधरीले बताए । निशुल्क औषधीको लागी प्रदेश सरकार नेपाली सेना,स्वास्थ्यमन्त्रालय,स्थानिय सरकारऔषधी कम्पनीहरुले उपलब्ध गराएको गराएको चौधरीले बताए । शिबिर प्रदेश ५का प्रमुख उमकान्त झाले उदघाटन गरेका थिए । शिबिरमा नेपाली सेनाका उपरथी सिताराम खडका कोटहीमाई गाउँपालिका अध्यक्ष,मर्चबारी गाउँपालिका अध्यक्ष समाजीक बिकास मन्त्रालय स्वास्थ्यमहाशाखा प्रमुख लगायतले वोलेका थिए । स्थानियहरुले गाउँमै सेवापाएपछि खुसी ब्यक्त गरेका छन ।