प्यूठानको सदरमुकाम खलगांमा गाउपालीका स्तरीय प्रथम राष्ट्रपति रनिगंसिल्ड प्रतियोगीता सुरु

प्रकाशित मिति:

प्युठान -स्वास्थ्यका लागी खेलकुद, राष्टका लागी खेलकुद भन्दै आजवाट प्यूठानको सदरमुकाम खलगांमा गाउपालीका स्तरीय प्रथम राष्ट्रपति रनिगंसिल्ड प्रतियोगीता सुरु भएको छ । मल्लरानी गाउपालीका भित्रका बिद्यालयहरुका बिचमा सञ्चालन हुने प्रथम गाउपालीका स्तरीय राष्टपति रनिगंसिल्डमा बिभिन्न बिधाका खेलहरु हुने छन् ।

प्रथम गाउपालीका स्तरिय राष्टपति रनिगंसिल्ड प्रतियोगीतामा भलिवल, कवड्डी, रिले दौड,चारसय मिटर दौड लगाएतका खेलहरु समावेश गरिएको मल्लरानी गाउपालीकाले जानकारी दिएको छ । गाउपालीका भित्र रहेका बिद्यालयहरुका बिचमा प्रतियोगीता सञ्चालन हुने मल्लरानी गाउपालीकाका अध्यक्ष अमरध्वज रानाले जानकारि दिनुभयो ।

हिजो वाट सुरु भएको प्रतियोगीता पर्सि ७ गतेसम्म सञ्चालन हुने छ । गाउपालीकाका पाचवटा वडाहरु भित्र रहेका मावी बिद्यालय र अन्य सस्थागत बिद्यालयहरुले पनि सहभागीता जनाएका छन् ।गाउपालीका भित्रका ५ सामुदायीक बिद्यालय र एउटा सस्थागत बिद्यालयले सहभागीता जनाएको मल्लरानी गाउपालीका ४ नम्वर वडाका वडा अध्यक्ष कुमार श्रेष्ठले जानकारि दिनुभयो । प्रतियोगीता सदरमुकाम खलगांको टुडिखेलमा खेलाइएको छ ।आजवाट सुरु भएको प्रथम राष्टपति रनिगंसिल्ड प्रतियोगीताको जिल्ला समन्वय समितीका सभापती केशवराज आचार्यले गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रे,प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकि लगाएतको उपस्थिती रहेको थियो । प्रतियोगीतामा क्रमश प्रथम,द्धितीय तितृय हुनेले मेडल,प्रभाणपत्र र ट्रफि प्राप्त गर्नेछन् ।