NRNA NCC USA: सुनिल साहको अध्यक्षका लागि उम्मेद्वारी दर्ता गरेपछीको संबोधन

प्रकाशित मिति:

आदरणीय गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिकाका सम्मानित सदस्य महानुभावहरुमा हार्दिक नमस्कार । सम्पूर्णमा नव वर्ष २०७६ को पुनः हार्दिक मंगलमय शुभकामना  तपाईको पाइलाले यो वर्ष सफलताको चुचुरो चुम्न सकोस हार्दिक शुभेच्छा व्यक्त गर्दछु ।

तपाई हाम्रो गौरवको संस्था गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा मैले अध्यक्ष पदमा उम्मेद्वारी दाखिला गरेको सहर्ष जानकारी गराउन चाहन्छु । एनआरएनए अमेरिकाको निर्वाचन समिति समक्ष उम्मेद्वारी दर्ता गर्ने क्रममा मेरो उम्मेद्वारीको प्रस्वाव गर्नुहुने नर्थ डलास नेपाली समाजका अध्यक्ष समाजसेवी श्री बादल भुजेल तथा मेरो उम्मेद्वारीको समर्थन गर्नुहुने गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय केन्द्रका सल्लाहकार समाजसेवी श्री हरीबोल भण्डारी प्रति आभार व्यक्त गर्दछु ।

मेरो अभियानको सुरुवाती चरणदेखि नैं मलाई एनआरएन अभियानका अभियन्ताहरु, अग्रज एवं तपाई सम्पूर्ण सदस्यहरु ज्यूले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपले सहयोग गर्दै आउनुभएको थियो र आज म अध्यक्षको उम्मेद्वार बन्दैं उम्मेद्वारी दर्ता गराएको छु । एनआरएन अभियानका लागि म मा यो जोश, जागर , हौसला र केही गरौं भन्ने उत्कण्ठा बढाउनुहुने सबैंप्रति फेरि पनि सम्मान व्यक्त गर्दछु । सबैभन्दा ठूलो एनसिसी, सबैभन्दा शसक्त आवाज हामी एनआरएनए अमेरिकालाई अझ बढी समुदायको हितमा हाम्रा आवाज र अधिकारका निम्ति काम गर्न सक्ने संस्था बनाउन मैले नेतृत्वदायी भूमिका खेल्न सक्नेछु र म त्यसका लागि तयार भई अध्यक्षको उम्मेद्वार बनेको जानकारी सहीत यहा“हरुको अमुल्य मतको सदैव कदर र सम्मान गर्ने प्रण गर्दछु । यहाहरुको एक मतले अमेरिकामा वसोवास गरिरहेका झण्डैं तीन लाख बढी गैर आवासीय नेपालीको आवाजको प्रतिनिधित्व गर्ने संस्थाको नेतृत्व छान्न महत्वपूर्ण भूमिका रहेको छ । यहाको एक मतले नेपालमा हामीसग सम्बन्धित मुद्दाको उठानमा होस् या कर्मभुमीमा हामीलाई आवश्यक पर्ने हाम्रो अस्तित्वका लागि बलिया इट्टा थप्ने काम गर्नेछ । हाम्रा हक, अधिकारको उठानसगैं प्रवासमा हाम्रो एकता, सद्भाव र भाइचाराको बाटो पहिल्याउन र संस्थालाई बलियो बनाउन तपाईको एक मत मुल्यवान हुनेछ ।

आदरणीय सदस्य महानुभावहरु,
यहाहरुले आफ्नो अमुल्य मतको सही सदुपयोग गरी एनआरएनए अमेरिकालाई हामी सबैंको एउटा प्रतिनिधिमुलक साझा चौतारी बनाउने विशाल अभियानमा जिम्मेवारीपूर्वक सहभागि हुनुहुनेछ भन्ने विश्वास लिएको छु । विगतमा तपाईहरुले वरिष्ठ उपाध्यक्ष पदमा मलाई आफ्नो अमुल्य मत दिई जसरी सेवा गर्ने अवसर दिनुभएको थियो त्यसैगरी एनआरएनए अमेरिकाको अध्यक्ष पदमा पनि विजयी गराई सेवा गर्ने त्यो अवसर पुनः प्रदान गर्नुहुनेनै छ भन्ने दृढ विश्वाससहीत यहाहरुको अपार माया, असिम सम्बन्ध र पवित्र मतको अपेक्षा गर्दछु । र सगसगैं एनआरएनए अमेरिकालाई माया गरी यसलाई महत्व दिदैं एनआरएनए अमेरिकाको अभियानमा सगैं रहने सम्पूर्ण संचारमाध्यम तथा संचारकर्मी ज्यूहरुप्रति पनि सम्मान व्यक्त गर्दछु ।  धन्यवाद । जय एनआरएन । जय एनआरएनए अमेरिका ।

सुनील साह
अध्यक्ष पदको उम्मेद्वार
गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिका २०१९र२१०