भाषण गर्दागर्दै हार्दिक पटेललाई थप्पड

प्रकाशित मिति:

काठमाडौं – कांग्रेस आईका नेता हार्दिक पटेललाई मञ्चमा भाषण गर्दा गर्दै थप्पड हानिएको छ । गुजरातको सुरेन्ददरनगर जिल्लामा आयोजित ‘जन आक्रोश सभा’का क्रममा यो घटना भएको हो ।

पटेलले भाषण गरिरहँदा एक व्यक्ति दायाँ तर्फबाट मञ्चमा उक्लिएर उनलाई अनायास थप्पड हानेको भिडियो फुटेज टेलिभिजनहरुले देखाएका छन् । थप्पड प्रहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको समाचारमा जनाइएको छ ।पटिदार आन्दोलनबाट उदाएका दलित नेता पटेल पछिल्लो समयमा कांग्रेस आईमा प्रवेश गरेका थिए । कांग्रेसको चुनावी अभियानमा सेलिब्रेटी बनिरहेका पटेलले कृषक र बेरोजगारीको मुद्दा उठाउने गरेका छन् । कानूनी अवरोधका कारण उनी कांग्रेसबाट चुनाव लड्न भने पाएनन् ।