धर्मनिरपेक्ष खारेजीको माग राख्दा राप्रपा जिल्ला अध्यक्ष घाइते

प्रकाशित मिति:

भैरहवा -धर्मनिरपेक्षको माग गर्दै देशभर आन्दोलमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज रुपन्देहीको सदरमुकाम भैरहवामा पनि आन्दोलन गयो । भैरहवाको मिलनचोकमा भएको विरोध कार्यक्रममा प्रहरीको हस्तक्षेपबाट राप्रपा जिल्ला अध्यक्ष सागरप्रताप राणाको खुट्टामा चोट लागेको उपाध्यक्ष अजयकुमार गुप्ताले जानकारी दिएका छन् ।

राप्रपा कार्यकर्ताले संविधानमा व्यवस्था भएको धर्म निरपक्षको शब्दलाई जलाउने क्रममा प्रहरीले कडा प्रतिकार गर्दा पार्टीका जिल्ला अध्यक्ष राणा घाईते भएका हुन् । अध्यक्ष राणाको बाँया खुट्टाको औलामा चोट लागेको छ ।प्रहरीले धर्मनिरपक्षको कागज पुत्लालाई खुट्टाले थिचेर कचाकुचु पारी धुलो खरानी पार्ने काम गरेको छ । केहीबेर धक्काधक्की भएपनि अहिले स्थिति सामान्य भएको छ ।