क्रिमसन अस्पताल र जनता बैंकबीच सहकार्य समझदारी

प्रकाशित मिति:

तिलोत्तमा-तिलोत्तमा–५, मणिग्राम स्थित क्रिमसन अस्पताल र काठमाडौंमा प्रधान कार्यालय रहेको जनता बैंक नेपाल लिमिटेडबीच आपसी सहकार्यको समझदारी भएको छ । अस्पतालमा आयोजित एक कार्यक्रमबीच अस्पतालका निर्देशक डा. शेखर प्रसाद पोखरेल र बैंकका सहायक प्रबन्धक विष्णु कुँवरले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो ।

समझदारीअनुसार बैंकका डेभिट र क्रेटिड कार्ड होल्डर तथा कर्मचारीहरुलाई स्वास्थ्य सुविधाका लागि अस्पतालले तोकिएको शीर्षकमा दश प्रतिशत छुट उपलब्ध गराउने छ । यो सहमति २०७६ वैशाख ४ देखि २०७८ वैशाख ३ गतेसम्म लागु हुनेछ ।समझदारीअनुसार अस्पतालले उपलब्ध गराउने छुटका सन्दर्भमा बैंकले आफ्ना सेवाग्राही तथा कर्मचारीहरुलाई आवश्यक जानकारी गराउने छ । अस्पतालको तर्फबाट मनमोहन भट्टराई र बैंकको तर्फबाट करुणा जोशीको उपस्थितिमा समझदारी कायम भएको हो । यसअघि क्रिमसन अस्पतालले अन्य विभिन्न संघ–संस्थाहरुसँग पनि यस्तै प्रकारको समझदारी गरेको छ । आफ्नै अत्याधुनिक सुविधासम्पन्न भवनबाट स्वास्थ्य सेवा प्रवाह गर्दै आएको क्रिमसन यस क्षेत्रकैं अग्रणी स्वास्थ्य संस्था हो ।