एनआरएन अमेरिकाको उपाध्यक्षमा पन्थले दिए उम्मेदवारी

प्रकाशित मिति:

अमेरिका, गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिकाको आगामी निर्वाचनका लागि कृण्णजिबी पन्थले उपाध्यक्षमा उम्मेदवारी गराएका छन्।

एनआरएन अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गत सुचना ब्यबस्थापन समितिका सह संयोजक शिब मल्ल प्रस्तावक र आइसीसी सदस्य राजन त्रिपाठीको समर्थनमा पन्थले उपाध्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्।तनहुँको व्यास न।पा कमलबारीका पन्थले बालगृह र वृद्धा आश्रममा सहयोग गर्दै सामाजिक काम पनि गर्दै आएका छन्।