नेपालगञ्ज रंगशाला निर्माणका ठेक्दारबाट अरुले पाठ सिकुन् : रा खे प

प्रकाशित मिति:

नेपालगञ्ज-विहिबार देखि नेपालगञ्जमा सुरु भएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा धेरैको ध्यान रंगाशालाको प्याराफिट तर्फ मोडियो । ६ महिना अघिसम्म नाम निसाना केही नभएको प्याराफिट रातारात कसरी बन्यो भन्नेमा कतिपय आश्चार्यमा परे । नेपालमै पहिलो पटक उच्च प्रविधिको सामगृबाट निर्माण गरिएको प्याराफिट हेर्दैमा आकर्षक त छँदै छ । ३५ सय जना अट्ने क्षतमको यो प्याराफिट ६ महिनामै निर्माण सम्पन्न भएको छ । इच्छाशक्ति, जाँगर र क्षमतावान् ठेक्कदारको हातमा आयोजना परे ढिलासुस्तीको मारबाट बच्न सकिन्छ भन्ने पाठ पनि सिकाएको छ ।

कसरी बन्यो त ६ महिनामै भिआइपी प्याराफीट ?

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु गर्न ६ महिना मात्रै बाँकी थियो । यस पटकको प्रतियोगिता प्रदेश नम्बर ५ मा गर्ने भनिएपनि आवश्यक पुर्वाधार नहुँदा सवै अन्योलमा थिए । नेपालगञ्जको रंगशाला स्वरुपमा रंगशाला देखिएपनि कुनैपनि संरचना बनेका थिएनन् । प्याराफिट निर्माणको त ठेक्का सम्झौता समेत भएको थिएन । राष्ट्रिय खेलकुदको ड्राइभीङ सिटमा बसेका राखेप सदस्य सचिव केशवकुमार विष्टलाई रातमा निन्द्रा लाग्न छाडेको थियो । भदौ २८ गते भिआइपी प्याराफिट निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद्ले सुनकोशी÷वल्र्ड वाइड जेभी कन्स्ट्रक्सनसंग ठेक्का सम्झौता गर्याे । ६ महिनामै निर्माण सम्पन्न गर्नु पर्ने सर्तका कारण धेरै ठेक्केदार कम्पनिहरु हच्कीएका थिए ।

प्याराफिट निर्माणका लागि सुनकोशी÷वल्र्ड वाइड जेभी कन्स्ट्रक्सनले २१ करोडमा निर्माण ठेक्का जिम्मा लिएको थियो । असोज महिना आन्तरिक प्रक्रिया र तयारीमा वितेपनि कार्तिक महिनाबाट प्याराफिट निर्माणका लागि युद्धस्तरमा काम सुरु गरिएको थियो । नजिकिदो खेलकुद प्रतियोगिताको मिति आफैँमा दवावपुर्ण त थियो नै, प्याराफिट निर्माण प्रविधि नेपालमै नौलो भएकाले चुनौती पनि उत्तिकै थियो । अनेकन चुनौती र दवाबलाई छिचोल्दै रातदिन गरी प्याराफिट निर्माण सम्पन्न गरिएको सुनकोशी÷वल्र्ड वाइड जेभी कन्स्ट्रक्सनका अध्यक्ष आङकाजी शेर्पाको अनुभव छ ।

‘नेपालमै पहिलो पटक भएकाले यस्तो प्याराफिट बनाएको अनुभव कसैसंग थिएन’ शेर्पाले भन्नुभयो, ‘यद्यपी सोचेभन्दा आकर्षक र बलियो भिआइपी प्याराफिट बनाउन सफल भयौँ ।’ भिआइपी प्याराफिटमा प्रयोग भएका सम्पुर्ण पार्जपुर्जाहरु चीनबाट झिकाइएको हो । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता बैशाख ५ गते उद्घाटन गर्ने मिति तोकिएपछि निर्माण कार्य २४सै घण्टा बनाइएको थियो । यदी बैशाख ४ गते रातीसम्म प्याराफिट निर्माण सम्पन्न भएको थिएन भने भोलीपल्ट ५ गते राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएर उद्घाटन हुने कार्यक्रम खल्लो हुन सक्थ्यो । ५ गते विहानसम्म पनि कामदारहरु बाँकी रहेका सरसफाईमा व्यस्त देखिन्थे । राखेप सदस्य सचिव विष्ट भन्नुहुन्छ, हामी ठुलो ‘प्रेसर’मा थियौँ, ‘रंगशाला निर्माण नहुँदै ठुलो जोखीम मोलेर प्रतियोगिताको मिति तोकेका थियौँ । ठेक्केदार कम्पनिको सक्रियताले ५ गतेको उद्घाटन सत्रलाई सोचेभन्दा धेरै भब्य बनाउन सक्यौँ ।’ नेपालका अधिकांश सरकारी योजनाहरु ठेक्कदारको लापर्बाहीले पटक पटक सर्ने र गुणस्तरहिन् परिणामले नैराश्य बनाउने गरेको छ । तर यो योजनाबाट भने अरुले पनि पाठ सिक्न जरुरी रहेको राखेप सदस्य सचिव विष्टले वताउनुभयो । सुनकोशी÷वल्र्ड वाइड ज्वइन्ट भेन्चरका प्रतिनिधि नारायण भट्टराई भन्नुहुन्छ,‘यो योजना राष्ट्रिय खेलकुदसंग मात्रै होइन हाम्रो क्षमतासंगपनि जोडिएको थियो, समयावधीमै निर्माण सम्पन्न गरेर हामीले हाम्रो क्षमता प्रदर्शन गर्यौैँ ।’अहिले विश्वका अधिकांश आधुनिक रंगशालामा बनाइएका प्याराफिटमा यस्तै प्रकारका प्रविधिको प्रयोग गरिएको छ । रेडिमेड पार्टपुर्जा भएकाले यसलाई फुकालेर अन्यत्र लैजान समेत सहज हुन्छ । सरकारले सातवटै प्रदेशमा निर्माण हुने रंगशालामा यही प्रविधि प्रयोग गर्ने योजना बनाएको छ । ती मध्य सवैभन्दा ठुलो क्षमताको प्याराफिट पोखरा रंगशालामा निर्माण हुँदैछ । उक्त प्याराफिटमा १८ हजार ५ सय जना मानिस अटाउँछ । इटहरीमा पनि निर्माणका लागि ठेक्का सम्झौता भइसकेको राखेप सदस्य सचिव विष्टले जानकारी दिनुभयो ।