आठौं राष्ट्रिय खेलकुद : ६ अंकसहित पुलिस शिर्षस्थानमा

प्रकाशित मिति:

बैशाख, बुटवल । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत बुटवलमा जारी पुरुष फुटवलमा विभागिय टिम नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ । यो जितसंगै सुमह ‘ख’ मा पुलिस ६ अंकसहित पहिलो स्थानमा पुगेको छ । शुक्रबार भएको खेलमा पुलिसले विभागिय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले स्तब्ध पार्दै जित निकालेको हो । देविनगरस्थित एन्फा टेक्निकल खेल मैदानमा भएको निक्कै प्रतिस्पर्धात्मक खेलमा पुलिसको जितमा एकमात्र गोल सुमन लामाले गरेका थिए ।

६८ औ मिनेटमा पेनाल्टीमार्फत लामाले गोल गरेका थिए । यसैगरि शुक्रबार भएको अर्को खेलमा प्रदेश नं. २ ले आफनो पहिलो जित निकालेको छ । प्रदेश नं. २ ले सुदुरपश्चिमाञ्चनलाई ४–२ गोल अन्तरले पराजित गर्दै ३ अंक जोडेको हो ।  प्रतियोगितामा दुई खेल खेल्दै एक खेलमा जित र एक खेलमा हार ब्यहोरेको नेपाल आर्मी र सुदुरपश्चिमाञ्चल गोल अन्तरको आधारमा क्रमश दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।