जितगढी विजयोत्सव आज ,प्रधानमन्त्री केपी शर्मा ओली र पुर्व प्रधानमन्त्री प्रचण्ड आउने

प्रकाशित मिति:

बुटवल, बैसाख । जितगढी विजय उत्सव दिवस आज मनाइदैछ । बुटवल उपमहानगरपालिकाको आयोजनामा दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा कर्णेल उजिरसिंहको पूर्णकदको शालिक अनावरण र नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरिने छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि र पुर्व प्रधानमन्त्री प्रचण्ड विशिष्ट अतिथिका रुपमा उपस्थित भई समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।

दक्षिणतिर फर्किएको उक्त शालिकको छेउमा विशाल टावरमा राष्ट्रिय झण्डा फहराइने भएको छ । वि.सं. १८७२ बैशाख ७ गते जितगढीमा अंग्रेज–नेपाल युद्धका क्रममा नेपाली सेनाले अंग्रेज फौजमाथि अवसरमा गत वर्षदेखि उपमहानगरले जितगढी विजय उत्सव दिवस समेत मनाउन थालेको थियो । जितगढी किल्लाको बेग्लै ऐतिहासिक र पर्यटकीय महत्व भएकाले यसको संरक्षण, सम्वद्र्धन र विकासका लागि अघिल्लो आर्थिक वर्ष ५० लाख वजेट छट्टाएर काम थालेको र यसपटक एक करोड वजेट विनियोजन गरी गुरुयोजना बनाइरहेको छ । जितगढी सम्पदा स्थलको करिब दुई विगाह जग्गाको र त्यससंग महत्व जोडिएका अरु क्षेत्रहरु समेतलाई जोडेर उपमहानगरले गुरुयोजना निर्माण गरिरहेको छ ।  जितगढी युद्ध संग्रहालय, सूचना केन्द्र, पुरानो बुटवल (वडा नं १)लाई प्राचीन बजार र पुरातात्विक स्थलको रुपमा विकास गर्ने, जितगढीलाई मणिमुकुन्द सेन र नुवाकोट गढीसम्म जोड्ने योजना रहेको प्रमुख शिवराज सुवेदीले बताएका छन् ।