नेपाली कांग्रेसले सञ्चालन गर्ने राष्ट्रिय जागरण अभियानका लागि जिल्ला–जिल्लामा प्रतिनिधी

नेपाली कांग्रेसले सञ्चालन गर्ने राष्ट्रिय जागरण अभियानका लागि जिल्ला–जिल्लामा कमाण्डर खटाएको छ

प्रकाशित मिति:

काठमाडौं – नेपाली कांग्रेसले सञ्चालन गर्ने राष्ट्रिय जागरण अभियानका लागि जिल्ला–जिल्लामा कमाण्डर खटाएको छ । बैशाख ११ गतेदेखि नेपाली कांग्रेसले शुरू गर्न लागेको राष्ट्रिय जागरण अभियानका लागि कांग्रेसले नेताहरू खटाएको हो । जागरण अभियानको पहिलो चरण बैशाख ११ गतेदेखि जेठ ११ गतेसम्म ७७ वटै जिल्लामा हुने र केन्द्रीय नेताहरू प्रत्येक जिल्लामा एक महिनासम्म बस्ने छन् । बीपी जयन्तीको अवसर पारेर शुरू हुने दोस्रो चरणको अभियान भने १५ दिनसम्म चल्नेछ । तेस्रो चरणको अभियान १० दिनसम्म ७५३ वटै स्थानीय निकायमा हुने र १० दिनसम्म केन्द्रीय नेताहरू बस्ने जनाइएको छ ।