NRNअमेरिका को महासचिब पदमा गोपेन्द्र भट्टराई को उमेरद्वारी

७ बैशाख २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


अमेरिका-अमेरिकावासी आदरणीय एनआरएन सदस्य महानुभावज्यूहरु,एनआरएन अमेरिकाको निर्वाचनको यो सुवर्ण अवसरमा म यहाँहरुलाई प्रथमतस् नयाँ बर्ष २०७६ सालको मंगलमय शुभकामना टक्र्याउन चाहन्छु । तपाईं हाम्रो दैलोमा रहेको एनआरएनको निर्वाचनको माहौलमा मैले आफ्नो उम्मेदवारी महासचिव पदमा दाखिला गरेको जानकारी यहाँंहरु समक्ष अवगत गराउन चाहन्छु ।

महासचिव पदमा मेरो उम्मेदवारीको प्रस्ताव गर्नुहुने नेपाली जनसम्पर्क समिती, अमेरिका ईन्डियाना च्याप्टरका उप(सभापती, नेपलीज एशोसियशन अफ ईन्डियानाका सामाजिक कार्यकर्ता समाजसेवी रामहरी न्यौपाने र मेरो उम्मेदवारीलाई समर्थन गर्नुहुने नेपालीज एशोसियशन अफ ईन्डियानाका पुर्व सचिव एवम सामाजिक अभियान्ता धर्मराज घिमिरे एवम मेरो यो उम्मेदवारीको लागि सहज वातावरण सिर्जना गराउनुहुने तमाम सहयोगीहरुप्रति आभारी छु ।

वर्तमान कार्यसमितीको सदस्य, एनआरएन अमेरिकाले प्रदान गराएका बिभिन्न समितिमा रहेर काम गरेको जिम्मेवेरएपूर्ण कर्तब्यलाई मैले आफ्नो बलिबुताले भ्याएसम्म निर्वहाँ गरेको जानकारी गराउन चाहन्छु । एनआरएनको मौसममा शितल वादल बनेर यहाँहरुले बर्षा गर्नुभएको एकताको झरी म कहिल्यै भुल्नेछैन । अब एनआरएन अमेरिका बनाउनु छम र यो बन्छ । मेरो कर्तब्य सिर्फ यसलाई राम्रो बनाउनु हुनेछ ।महासचिव भएर सामुदायिक सुचना, संस्थाको मर्यादा र नेपालीका लागि गर्नुपर्ने धेरै कामहरु छन । सामुदायिक एकता, एनआरएन अभियान र मेरो कर्तब्यप्रती म सदैव दत्तचित्त बन्ने प्रण गर्दछु । बिगतमा यहाँहरुले सदसय पदमा मलाई जिताउन गर्नुभएको सहयोगजस्तो मायाको म पूनस् अपेक्षा गर्दछु । यहाँहरुको अमुल्य मतको अपेक्षामा, यहाँहरुकै मित्र ।।

धन्यवाद
जय एनआरएनय नेपाल

गोपेन्द्र भट्टराई
महासचिव पदका प्रत्यासी
एनआरएन अमेरिका निर्वाचन २०१९-२०१९०

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • गल्याङ जेसिजद्वारा ७५ जना वृद्धवृद्धालाई सम्मान ।
  • सुमन गुरुङको उपचारका लागि आर्थिक सहयोग !
  • आप्रवासी परिवार हक हित मञ्च पश्चिम नवलपरासी र ईन्द्रेणी समाजिक…
  • सामुदायिक वन उपभोक्ता महासंघ स्थानिय महासंघ सरावल पश्चिम नवलपरासीको बैठक…
  • रूवाएर “कहिलै आँखा नभिजाउने” भन्छिउ – गजल
  • राप्तीमा ८ सहकारीले अनुदानको मल विक्रि वितरण गर्न पाउने
  • कांग्रेस वरिष्ठ नेता पौडेल पक्राउ
  • नेकपा सचिवालय बैठक २० मिनेट बसेर सकियो
  • विजनेश ईन्कुवेशन कार्यक्रमको कार्यालय उद्घाटन उद्यमशिलता बिकासमा योगदान पुग्ने विश्वास
  • रोटरी क्लव अफ बुटवलको २८ औं चार्टड नाइट सामाजिक क्षेत्रमा…