आर्दश विद्या आश्रम जिल्लामै डिजिटल माध्यमको पहिलो बिद्यालय : इकाइ प्रमुख घिमिरे

प्रकाशित मिति:

कौरव खत्री/गुल्मी – गुल्मीको सदरमुकाममा रहेको आर्दश विद्या आश्रम इङ्गलिस बोडिङ्ग स्कुल रेसुङ्गा नगरपालका १ आर्दशचोक तम्घास गुल्मीको १८ औ बार्षिक उत्सव तथा बार्षिक परीक्षाफल प्रकाशन एवं अभिभावक दिवस समारोह शुक्रवार सम्पन्न भएको छ । बार्षिक उत्सव तथा बार्षिक परीक्षाफल प्रकाशन एवं अभिभावक दिवसलाई सम्वोधन गदै प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका प्रमुख थानेश्वर घिमिरेले आर्दश विद्या आश्रम विद्यालय जिल्लामै संस्थागत विद्यालयहरुमध्येको उत्कृष्ट विद्यालय भएकोले उत्कृष्ट बनाउन सहयोग गर्ने सबै विद्यालयका सरोकारवाला तथा अभिभावकहरुको साथ र सहयोगले विद्यालय उत्कृष्ट भएको बताए ।

 

साथै इकाइ प्रमुख घिमिरेले विद्यालयको व्यवसथापकीय पक्ष निकै सवल र सक्षम भएकाले २१ औ शताब्दीमा शिक्षाको भोकलाई पूरा गर्ने बताउदै संस्थागत विद्यालयलाई सामुदायिककरण गर्न निकै चुनौती भएको बताए । साथै उनले भने आर्दश विद्या आश्रमले पनि सामाजिक सुरक्षाको कार्यक्रम अगाडी बढाएकोमा विद्यालयलाई धन्यबाद दिदै विद्यालयले डिजिटल माध्यमबाट विद्यालयका सम्पूर्ण गतिविधिहरु घरमै बसेर हेर्न मिल्ने गरि सफ्टवयरको विकास हुनुले प्रविधि शिक्षाको गुणस्तरीय शिक्षाको भोक मेटाउने बताए ।

साथै उनले भने शिक्षा निःशुल्क कहि पनि हुदैन शुल्क कसले तिर्ने भन्ने मात्र हो सामुदायिक विद्यालयमा सरकारले शुल्क तिर्छ तर यहाँ संस्थागतमा विद्यालयमा सिधै अभिभावकले शुल्क तिर्नुहुन्छ यत्ति फरक हो भन्दै इकाइ प्रमुख घिमिरेले विद्यालयको स्थापनाकालदेखि नै शैक्षिक क्षेत्रमा राम्रो प्रगति गदै आएकोले २१ औशताब्दीमा विक्न सक्ने जनशक्ति विद्यालयले उत्पादन गर्नुपर्नेमा जोड दिए । साथै सोही अवसरमा रेसुङ्गा नगरपालिकाका वडाअध्यक्ष थम्मन के.सी, रेसुङ्गा बहुमुखी क्याम्पस तम्घासका क्याम्पस प्रमुख हरि के.सी,विरभद्र जङ्ग गुल्म गुल्मीका गुल्मपति राजेन्द्र महर्जन, जिल्ला युवा परिषद् गुल्मीका अध्यक्ष राजेन्द्र कुँवर,पत्रकार कौरव खत्री,पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष जगन्नाथ गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नतिजा प्रकाश समारोहमा विद्यालयका प्रिन्सिपल भगवतसिंह खड्काले विद्यालयले शैक्षिक क्षेत्रमा हालमा भए गरेका समग्र गतिविधिका बारेमा जानकारी गराउदै भावी दिनमा नँया शैक्षिक रणनीति र गुणस्तर सुधार गराउदै अझ व्यवस्थित गर्ने गरि प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयका पूर्व प्राथमिक देखि माध्यमिक तहसम्म सबै कक्षाहरुमा बार्षिक परीक्षाका उत्कृष्ट हुने विद्यार्थीहरु तथा विद्यालयका अतिरिक्क्त क्रियाकलाप लगायतका विभिन्न गतिविधिमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई मेडल,प्रमाण पत्र र मायाँको चिनो सहित पुरस्कार प्रदान गरिएको थियो ।

साथै अवसरमा विद्यालयमा अध्ययन गराउने उत्कृष्ट शिक्षक तथा कर्मचारीलाई सम्मान पत्र र माँयाो चिनोले सम्मान गरिएको थियो । कार्यक्रम आर्दश विद्या आश्रम इङ्गलिस बोडिङ्ग स्कुलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धराज न्यौपानेको अध्यक्षता आर्दश विद्या आश्रम इङ्गलिस बोडिङ्ग स्कुलका प्रवन्ध निर्देशक राजु कँवरको स्वागत मन्तव्य सँगैशुरु गरिएको कार्यक्रमको सञ्चालन भने आर्दश विद्या आश्रम इङ्गलिस बोडिङ्ग स्कुलका प्रिन्सिपल भगवतसिंह खड्काले गरेका थिए ।