प्रमुख विपक्षी कांग्रेसद्धरा संसद बैठक बहिस्कार

प्रकाशित मिति:
१७ साउन, काठमाडौं । प्रमुख विपक्षी कांग्रेसले संसद बैठक बहिस्कार गरेको छ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा गृहमन्त्री रामबहादुर थापा बादलले जवाफ दिएपछि सभामुखले प्रश्नउत्तर राखेनन् ।

सुरुमा कांग्रेस सांसदहरुले प्रश्नउत्तर माग्दा सभामुखले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बोलेपछि भने । लगत्तै उनले संसदीय समितिहरु गठनको सूचना पढे । कांग्रेस सांसदहरु आआफ्नो स्थानमा उभिएर विरोध गरेकै बेला उनले नाम पढे ।

त्यसपछि सभामुखले अर्थमन्त्री विमा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय दिए । कांग्रेस सांसदहरुले प्रश्न उत्तरको माग गरिरहे । तर, ‘सभामुखले आजका लागि समय दिन सकिनँ’ भनेपछि कांग्रेस सांसदहरु बैठकबाट बाहिरिए ।