चर्चित नायक आर्यन सिग्देल लाई पुत्रलाभ

प्रकाशित मिति:

चकलेटी अभिनेता आर्यन सिग्देललाई पुत्र लाभ भएको छ । शुक्रवार दिउँसो साढे १२ बजे श्रीमती सपना भण्डारी सिग्देलले बसुन्धारामा रहेको चिरायु अस्पतालमा पहिलो सन्तानको रूपमा छोरालाई जन्म दिएकी हुन् । आजकै दिन पाँच वर्ष अगाडि आर्यनले आफ्नो नामको सिन्दुरले सपनाको सिउँदो भरेका थिए ।

आर्यन र सपनाको वि।सं २०७१ साल वैशाख ६ गते प्रेम विवाह भएको थियो । विवाहको ५ औं वर्षगाँठकै दिन सपनाले पहिलो सन्तानलाई जन्म दिएकी हुन् । विवाह अगाडि आर्यन र सपना करीब ४ वर्ष प्रेम सम्बन्धमा थिए । सपना, आर्यनको ‘डाइहार्ट’ फ्यान थिइन् । आर्यनभन्दा सपना ७ वर्ष कान्छी हुन् ।

गएको महिना मात्र विकासराज आचार्य निर्देशित फिल्म हजार जुनीसम्मु को छायांकन सकाएका आर्यन अहिले साम्तेन भुटियाको फिल्म ‘चच हुई’ मा व्यस्त छन् । फिल्मीखबरलाई प्राप्त तश्बिरमा छोरालाई काखमा बोकेर आर्यन खुसी मुद्रामा देखिएका छन् । शनिबार दिउँसोसम्म अस्पतालबाट सपना छोरासहित डिस्जार्च हुने बताइएको छ । आमा र छोरा दुबैको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पताल स्रोतले जनाएको छ । केही हप्ता अगाडि सपनाले बेबी बम्प देखाएर श्रीमान् आर्यनसँगको रोमान्टिक तश्बिर फेसबुकमा साझेदार गरेकी थिइन् ।