भ्याकुर खाँदा तनहुँमा १० जना बिरामी

प्रकाशित मिति:

तनहुँ – जंगलमा पाइने भ्याकुर खाँदा तनहुँमा १० जना बिरामी परेका छन् । भ्याकुर खाएर बिरामी परेका व्यास नगरपालिका– १ गल्फुबेशीका १० जनाको दमौली अस्पतालमा उपचार भैरहेको छ ।

उनीहरुको अबस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनीहरुले व्यास–६ कलेस्तीस्थित जंगलबाट ल्याएको भ्याकुर पकाएर खाएका थिए ।

बिरामी हुनेमा ३५ वर्षीया सिता पहाडी, ३३ वर्षीया खुसी गुरुङ, १२ वर्षीया गिता गोदार, ४० वर्षीय मायाँ राना, ३१ वर्षीया गुनुमाया गुरुङ, ४० वर्षीया चन्द्रकला गुरुङ, ५० वर्षीय मिश्र गोदार, ९ वर्षीया सम्पन्न गुरुङ, ५२ वर्षीय श्रीबहादुर गुरुङ र ३६ वर्षीया माया गुरुङ छन् ।