राष्ट्रिय वाणिज्य वैंक तयारी अभिमुखीकरण कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

सुदिप गौतम- बुटवल लगइन एजुकेशन बुटवलमा राष्ट्रिय वाणिज्य वैंक तयारी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।शनिबार बुटवल ३ गोलपार्कमा रहेको लगइन एजुकेशन एण्ड टेक्निकल नेटवर्कमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

राष्ट्रिय वाणिज्य वैंक पढ्न इच्छुक विद्याथीहरुलाई मध्यनजर गर्दै गरिएको अभिमुखिकरण कार्यक्रममा राष्ट्रिय वाणिज्य वैंक बुटवल खस्यौली शाखाका शाखा प्रवन्धक निर्मल सुवेदीले राष्ट्रिय वाणिज्य वैंकमा रामो करीयर रहेको र तिव्र प्रतिस्प्रधा रहेकोले नयाँ ढङ्गबाट जुट्नुपर्नै बताउनु भयो ,साथै उक्त कार्यक्रम मा मेगा वैंकका शाखा प्रवन्धक लक्ष्मण पन्थी ले वैंक क्षेत्रमा भविष्यको सम्भावना र आफ्ना अनुभव हरु बताउनु भएको थियो । अभिमुखिकरणमा ६० भन्दा बढी विद्याथीहरुको उपस्थिती रहेको थियो । राष्ट्रिय वाणिज्य वैंक तयारीमा बसेका विद्याथहिरुको माग अनुरुप कार्यक्रम गरिएको र वैशाख ०९ गतेबाट निरन्तर रुपमा राष्ट्रिय वाणिज्य वैंकका कक्षा सञ्चालन हुने सञ्चालक अर्जुन खनालले जाकारी दिए । लगइन एजुकेशनका सञ्चालक अर्जुन खनालको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन राजन घिमिरेले गरेका थिए |