जुभूङ्ग रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व

प्रकाशित मिति:

बुटवल-गुल्मी जुभूङ्ग रुपन्देही सम्पर्क समाजको आज शनिबार भएको दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । रामप्रसाद गौतमको अध्यक्षतामा गठित समितिको बरिष्ठ उपाध्यक्षमा दिनेश खड्का, उपाध्यक्षमा झुम प्रसाद श्रेष्ठ, सचिवमा मनोज खड्का, कोषाध्यक्षमा दिपक थापा, सहसचिवमा राजीव गौतम, सह–कोषाध्यक्षमा गोपाल गौतम सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा शान्ति थापा, राधा थापा, मिठु गौतम, जितेन्द्र खत्री, दिपेन्द्र श्रेष्ठ, जनक गौतम, होम बहादुर राना, ज्ञानेश्वर पाण्डे, मुना राकस, चन्द्र बहादुर रास्कोटी, सन्त बहादुर गाहा, प्रदिप बलाल लगायतका सदस्यहरु निर्विरोध निर्वाचित हुनुभएको हो । यस अघि संस्थामा अध्यक्ष बम बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार गिरीराज बिक्रम खड्का, सल्लाहकार टेक बहादुर बलाल, परामर्शदाता रामप्रसाद गौतम लगायतले बोल्दै संस्थाको बृहत्तर विकासका लागि सबै एकजुट भएर लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा सचिव दिनेश खड्काले प्रस्तुत गर्नुभएको संगठनात्मक प्रतिवेदन र कोषाध्यक्ष झुम प्रसाद श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको थियो ।
सोही अवसरमा संस्थाले प्रकाशन गरेको डाइरेक्ट्रीको विमोचन गरिएको थियो भने आजीवन सदस्यहरु तथा संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी रक्तदाताहरुलाई सम्मान सहित प्रमाणपत्र प्रदान गरिएको थियो । २०७३ सालमा स्थापित सम्पर्क समाज विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ भने करीव ५ सय सदस्यहरु आपद्ध रहेका छन् ।