स्वोर्गीय पूर्वसांसद रूद्रमणी शर्मा भण्डारीको १० औं दिनको पुण्यति सम्पन्न

प्रकाशित मिति:

रमेश विश्वकर्मा -गुल्मी नेपालि काँग्रेस  गुल्मीका पूर्वसभापति एवम् पूर्वसांसद रूद्रमणी शर्मा भण्डारीको स्वर्गारोहणको १० औं दिनको पुण्यतिथिमा नेपाली काँग्रेस क्षेत्र नम्बर २ को आयोजनामा उहाँको निवास धुर्कोट गाउँपालिका वदा नम्बर ५ वस्तुमा शोकसभा सम्पन्न गरेको छ

क्षेत्रीय सभापति भगतसिंह खड्काको सभापतित्वमा आयोजना गरिएको उक्त सभामा प्रमुख अतिथि नेपाली कांग्रेस गुल्मीका उपसभापति विष्णुप्रसाद बलाल रहनुभएको थियो । त्यस्तै विशेष अतिथिमा नेपाली काँग्रेसका जिल्ला सदस्य एवम् केन्द्रीय प्रशिक्षण विभागका सदस्य छन्द बहादुर पहराई, जिल्ला सदस्य महेन्द्र प्रसाद भण्डारी, महासमिति सदस्य प्रेमनारायण भण्डारी र सीता अर्याल , क्षेत्रीय सचिव रेखाकुमार जि।सी।, कोषाध्यक्ष भोजप्रसाद श्रेष्ठ, सदस्यहरु उपेन्द्र अर्याल, चक्रसुन्दर काउछा र भिमनाथ घिमिरे रहनु भएको थियो।शोक मन्तब्य राख्दै प्रमुख अतिथि बलालले मृत्यु शास्वत सत्य भएकोले स्वर्गीय भण्डारीको स्वर्गारोहण स्विकार्नु बाहेक अरु मानव जगतको काबुमा नरहेको बताउनुभयो। उहाँले भन्नुभयो, आदर्श जिवन शैली र सरल व्यवहारका प्रतिमूर्ति रूद्रमणी बुबालाई गुमाउदा सिंगो लोक अभिभावकविहीन बनेको छ।

त्यस्तै आफ्नो मन्तब्य राख्दै क्षेत्रीय सभापति भगतसिंह खड्काले भौतिकरुपमा रूद्रमणी बुबा हाम्रो माझमा नभए पनि यस क्षेत्रका हरेक विकासका पुर्वाधारमा वहाँको देन अमर छ। त्यसैले वहाँ सदासर्वदा हामी सबै माझ जीवित हुनुहुन्छ।सो कार्यक्रममा क्षेत्रीय सदस्य उपेन्द्र अर्यालले समेत शोक मन्तव्य राख्नुभएको थियो। क्षेत्रीय सचिव पूर्ण केसीको संचालनमा सम्पन्न सो कार्यक्रमको संयोजन क्षेत्रीय सचिव रेखा कुमारी जिसीले गर्नुभएको थियो।