विप्लव निकट पत्रकारलाई राज्यविरूद्वकाे मुद्दा, अध्यक्ष डुम्रे भन्छन् गणतन्त्रको भद्दा मजाक भयो

प्रकाशित मिति:

काठमाडौँ – जनपत्रकार संगठन,नेपालका काठमाण्डाैं संयाेजक जितेन्द्र महर्जनलाई सरकारले राज्य विरूद्वकाे कसुरमा मुद्वा चलाएकाे छ । चैत्र २६ गते पक्राउ परेका महर्जनलाई प्रहरीले राज्य विरूद्वकाे कसुर सम्बन्धि मुद्दा लगाएकाे हाे । नेपाल भाषाकाे पत्रिका `न्हूगु ज्वजलपा वा:पाै´ का प्रधानसम्पादक महर्जनलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट जनपत्रकार संगठनकाे काठमाण्डाैं संयाेजक भएकै कारण चैत २८ गते प्रहरीले गिरफ्तार गरेको थियाे। गणतन्त्र अाएपछि पहिलाेपटक सरकारले पत्रकार विरूद्व राज्य विरूद्वकाे कसुर सम्बन्धि मुद्दा चलाएकाे हाे ।

समाचार संकलनकै शिलिशलामा हिडिरहेका बेला संयाेजक महर्जनलाई प्नहरीले काठमाडौं बाट पक्राउ गरेकाे थियाे । जनपत्रकार संगठन नेपालको पहलमा नेपाल पत्रकार महासंघले पत्रकार महर्जनकाे गिरफ्तारी गैरकानुनी भन्दै सर्वाेच्च अदालतमा दायर गरेकाे बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै बन्दीसहित गिरफ्तार गुर्नको कारण पेश गर्न बैशाख २ गते सरकारलाई आदेश समेत दिएको थियाे । भने यता जनपत्रकार संगठन नेपाल केन्द्रीय समिति र उपत्यका क्षेत्रीय समन्वय समितिले समेत प्रेस विज्ञप्ति जारी गर्दै गिरफ्तार पत्रकार तथा काठमाडौं जिल्ला संयोजक महर्जनलाई अबिलम्ब रिहाइको माग गर्दै रिहाइ नगरे अान्दोलनमा जाने चेतावनीसमेत दिएको छ । (बिज्ञप्ती)