ग़ैर आवासीय राष्ट्रीय समन्वय समितिमा दिपेन्द्र घिमिरेको उम्मेदबारी

प्रकाशित मिति:

अस्ट्रेलिया – यति बेला ग़ैर आवासीय नेपाली संघ अष्ट्रेलिया NRNAA को २०१९(२०२१ को लागि अष्टेलियाका बिभिन्न स्टेट हरुमा चुनावी माहोल बढदै गएको छ । सदस्यता बन्ने क्रमले पनि गति लिएको छ ।

नया सदस्यता सगसगै साथै धमाधम उम्मेदारी घोषणा गर्ने क्रमले अष्ट्रेलियाको चुनावी माहोल तातिएको अबस्था छ २०१७(२०१९ को चुनाबमा अष्ट्रेलियाको उत्तरी राज्य चुनावी परिणामको लागि निर्णायक थलो मानिएको थियो ।त्यस्तै २०१७(२०१९ को NRNA-NT को चुनाबमा लोकप्रिय मतका साथ सहसचिवमा निर्वाचित दीपेन्द्र घिमिरे यसपटकको  NRNA-Australiaको उत्तरी राज्यबाट प्रतिनिधित्व गर्दै केन्द्दिय समितीको लागि आकांक्षी रहेका छन् । लामो समय कर्म डार्विनमा रहेका घिमिरे बिभिन्न सामाजिक संघ संस्थामा रहेका छन् । उत्तरी राज्यमा पहिलो चोटी ऐतिहासिक रुपमा सम्पन्न नेपाल महोत्सब पुरा गर्न उनि लगायत उनको टिम सफल रह्यो ।

उनको टिमले चुनावी प्रतिबद्धता अनुसार १००५ काम पुरा गरेर सामाजिक क्षेत्रमा NRNA-NT लाई लोकप्रिय संस्थाको रुपमा स्थापित गराउन भुमिका खेलेका घिमिरेका लागि यो चुनाब सहज हुने अनुमान छ । खरो र प्रश्ट बक्ता रुपमा परिचित घिमिरे यहाको स्थानिय स्तरमा समेत उनि लोकप्रिय छन् ।